घोडाघोडी मेयर कप : विजेता खेलाडीहरु सम्मानित - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

घोडाघोडी मेयर कप : विजेता खेलाडीहरु सम्मानित



विशाल पाण्डेय / सुखड,कैलाली ।
दोस्रो संस्करण प्रथम घोडाघोडी मेयर कपको विजेता घोडाघोडी नगरपालिका वडा नं १ का खेलाडीहरुलाई वडा नं १ को कार्यालयद्बारा सम्मान गरिएको छ ।

वडा नम्बर १ का वडाध्यक्ष मनराज शाहिले खेलाडीहरुलाई प्रमाण पत्र, मेडल ,ट्रफी सहित आज एक कार्यक्रमका बिच वडा कार्यालयमा सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रममा खेलाडी राष्ट्रका गहना रहेको बताउदै अध्यक्ष शाहीले खेलकुदको विकास र खेलाडीहरुको हितको लागी आफुहरु सधै लागि रहने बताए ।

“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद ” भन्ने मुल नाराका साथ नगर खेलकुद बिकास समितिको आयोजनामा घोडाघोडी नगरपाालिका- ३ जुरपानिमा केहि दिन अघि खेल सम्पन्न भएको थियो ।

प्रतियोगितामा पुरुष तर्फबाट विजेता बनेको वडा नं १ ले नगद रु १ लाख १ रुपैयाका साथै शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो भने उप -विजेता वडा नं १० ले नगद ७५ हजार सहित शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो । त्यस्तै महिला तर्फको विजेता वडा नं ४ ले नगद रु २० हजार ,शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो भने उप- विजेता वडा नं ३ ले नगद रु १० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो । खेलमा पुरुष १२ र महिला ४ गरि १६ टिमको सहभागित रहेको थियो ।

भट्टराईलाई २५ हजार नगद सहयोग

घोडाघोडी क्लब सुखडका गोल किपर जीवन भट्टराईलाई नगद रु २५ हजार सहयोग गरिएको छ ।

केही दिन अघि गोदावरी नगरपालिकामा भएको खेलमा हात भाचिँएका गोल किपर जीवन भट्राईलाई प्रथम घोडाघोडी मेयर कपको विजेता वडा नं १ ले प्राप्त गरेको रकम (१ लाख) बाट रु २५ हजार नगद सहयोग गरेको हो ।
वडाध्यक्ष शाहीले नगद रु २५ हजार खेलाडी भट्टराईलाई हस्तान्तरण गरेका हुन् ।

लामो समयदेखि घोडाघोडी क्लबमा आबद्ध रहेका भट्टराई ले २५ हजार नगद पाउदा घोडाघोडी क्लब तथा वडा कार्यालयलाई धन्यवाद दिदै खुशी व्यक्त गरेका थिए ।