घोडाघोडी मेयर कप : वडा नं १० र वडा नं ५ विजयी - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

घोडाघोडी मेयर कप : वडा नं १० र वडा नं ५ विजयी



विशाल पाण्डेय / सुखड,कैलाली ।
मंगलबारदेखि सुरु भएको दोस्रो संस्करण प्रथम घोडाघोडी मेयर कपमा शुक्रबार २ खेल सम्पन्न भएका छन् ।

पहिलो खेलमा घोडाघोडी नगरपालिका वडा नं १० विजयी भएको छ । वडा नं ८ लाई शुन्यका विरुद्ध एक (०-१) गोलले पराजित गर्दै वडा नं १० विजयी भएको हो । जितका लागि वडा नं १० को तर्फबाट रोहित चौधरीले ४२ औं मिनेटमा गोल गरेका थिए ।

त्यस्तै शुक्रबार नै भएको दोस्रो खेलमा वडा नं ५ विजयी भएको छ । वडा नं ५ ले वडा नं १२ लाई शून्यका विरुद्ध ६ गोलले (०-६) पराजित गर्दै जित आफ्नो पोल्टामा पारेको हो ।

“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद ” भन्ने मुल नाराका साथ नगर खेलकुद बिकास समितिको आयोजनामा घोडाघोडी नगरपाालिका- ३ जुरपानिमा प्रतियोगिता संचालन भइरहेको छ ।

प्रतियोगितामा प्रथम हुने पुरुष तर्फको टिमलाइ नगद रु १ लाख १ रुपैयाका साथै शिल्ड,मेडल र प्रमाण पत्र प्रदान गरीने छ भने दोस्रो पुरस्कार नगर ७५ हजार सहित शिल्ड,मेडल र प्रमाण पत्र रहेको आयोजकले जनाएको छ । त्यसैगरी महिला तर्फको प्रथम र दृतिय हुने टिमलाइ नगद सहित शिल्ड ,मेडल र प्रमाण पत्र पुरस्कार रहेको छ ।

त्यस्तै प्रतियोगिता अन्तरगत शनिबार ३ खेल हुने भएका छन् । शुक्रबार हुने महिला तर्फको पहिलो खेलमा वडा नं ४ र वडा नं १२ बिच प्रतिस्पर्धा हुने भएको छ भने दोस्रो खेलमा महिला तर्फको वडा नं १० र वडा नं ३ बिच खेल हुने भएको छ । यस्तै शनिबार नै हुने अन्तिम खेलमा पुरुष तर्फको वडा नं १० का विरुद्ध वडा नं ११ ले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । खेलमा पुरुष १२ र महिला ४ गरि १६ टिमको सहभागिता रहेको छ