मेयर द्वारिकको नयाँ काण्ड : महिलामाथि अत्याचार, अपशब्द र गाली बेइज्जती (भिडियो)
काठमाडौँ– पत्रकारमाथि जथाभावी बोलेर पछिल्लो समय चर्चा बटुलेका सेलिब्रेटी मेयर द्वारिकलाल चौधरीको नयाँ काण्ड बाहिर आएको छ ।
उनले चोकमा भाषण गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । जुन भिडियोमा उनले महिलामाथि अत्याचार नै गरेका छन् । सुन्नै नसकिने अपशब्दले भरिएको उक्त भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
उनले बुधबार इटहरीको लबिपुरमा पुगेर जे बोलेका छन् महिलामाथि अत्याचार मात्र होइन जघन्य अपराध गरेका छन् । भिडियोमा बोलेका सब्द सुन्नै नसकिने खालका छन् । मेयर चौधरीले लबिपुरभन्दा थोरै पूर्वपट्टी वेश्यावृत्ति बढ्दो रहेको विषय निकाल्दै अपाच्य, अशोभनीय शब्दहरू प्रयोग गरेका हुन् ।
सामाजिक सञ्जालमा उनका सब्द सुन्नेहरूले कार्बाहीको माग गरिरहेका छन्।
लबिपुरको त्यो ठाउँमा होटल रेष्टुरेन्टहरूमा वेश्यावृत्ति बढेको गुनासो र यसलाई कसरी न्यूनीकरण गर्न सकिएला भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । आफूलाई ढिला भएको भन्दै कार्यक्रमको बीचमै बोलेका मेयर चौधरीले एक खालको आतङ्क नै मच्चाए ।