मेक्सिकोमा ७.५ रेक्टरस्केलको भुइँचालो - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

मेक्सिकोमा ७.५ रेक्टरस्केलको भुइँचालो



एजेन्सी- मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ ल्याटिन । अमेरिकी राष्ट्र मेक्सिकोको दक्षिणी भेगमा मंगलबार साँझ साढे ७ बजेतिर ७.५ रेक्टरस्केलको भुइँचालो गएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

मेक्सिकोको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भुइँचालो ७.५ म्याग्निच्यूडको थियो। सुरूमा ७.७ म्याग्निच्यूड हुनसक्ने अनुमान गरिएको थियो। भुइँचालोको केन्द्रविन्दु मेक्सिकोको प्रशान्त तटीय राज्य ओक्साका रहेको रोयटर्सले जनाएको छ।

भुइँचालोको कम्पनले केन्द्रविन्दुबाट झन्डै ५ सय किलोमिटर टाढाको राजधानी मेक्सिको सिटीका घरहरू समेत हल्लिएका थिए। मान्छेहरू त्रसित हुँदै सडकमा निस्केका थिए।

रोयटर्सका अनुसार अहिलेसम्म मेक्सिको सिटीमा कुनै पनि ठूलो क्षति वा हताहतिको खबर छैन।

यसअघि सन् २०१७ मा मेक्सिकोको मध्य क्षेत्रमा आएको ७.१ म्याग्निच्यूडको भुइँचालोले ३ सय ५५ जनाको ज्यान गएको थियो। तीनवटा टेक्टोनिक प्लेटमा पर्ने मेक्सिको भुइँचालो दृष्टिले जोखिमयुक्त ठाउँ हो।