‘केपी कम्पनीले संसदमा दुई ट्रिप मानिस रत्नपार्कबाट ल्याएको हो कि कालिमाटीबाट ?’
काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा प्रतिनिधि सभाका सदस्य मेटमणि चौधरीले संसदमा दुई ट्रिप मान्छे कहाँबाट ल्याएको भन्दै प्रश्न गरेका छन् । उनले दुई ट्रिप मान्छे रत्नपार्कबाट ल्याएको हो कि ? कालिमाटीबाट ल्याएको हो भन्दै प्रश्न गरेका छन् ।
नेकपा एमालेका सांसद रामविर मानन्धरले गृहमन्त्री बालकृष्ण खाँणले संसदमा दुई ट्रिप सुरक्षाकर्मी ल्याएर राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश २०७८ पेश गरेको आरोप लगाएपछि चौधरीले यस्तो बताएका थिए ।
प्राइम टेलिभिजनको कार्यक्रममा मानन्धरले यस्तो आरोप लगाएपछि चौधरी आकोषित बनेका थिए । उनले लोकतन्त्रको संहिताविपरित गृहमन्त्रीले अध्यादेश पेश गरेको बताए।
‘तपाईहरुले संसद किन चल्न नदिएको?’ भन्ने धमलाको प्रश्नमा उनले भनेका छन्, ‘तपाई हामीलाई संसद अवरोध गरेको भन्नुहुन्छ। तर गृहमन्त्रीले पछाडिबाट खुसुक्क गएर पेश गरिसक्नु भयो। उहाले दुई ट्रिप मान्छे बोलाएर अध्यादेश पेश गर्नुभयो।’
सोही कार्यक्रममा नेकपा (एस)का सांसद मेटमणि चौधरी पनि सहभागी थिए। चौधरीले भने मानन्धरको अभिव्यक्तिप्रति टिप्पणी गर्दै राजनीतिमा आक्रमण हुनु सामान्य नभएको बताएका थिए । उनले भनेका छन्, ‘संसदमा दुई ट्रिप भनेको कहाँबाट ल्याएको, रत्नपार्कबाट ल्याएको हो? कि कालिमाटीबाट ल्याएको हो?’
साधै चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओली संविधान र कुनै कानूनभन्दा माथि नभएको बताएका छन्। उनले थप्दै भनेका छन्, ‘केपी कम्पनीका सांसदहरुलाई संसदमा आउन र नाराबाजी गर्न कुनै नैतिक आधार छैन।’