ट्याक्सीले मिटर भन्दा बढी पैसा माग्यो ? अब यसो गर्नुस - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

ट्याक्सीले मिटर भन्दा बढी पैसा माग्यो ? अब यसो गर्नुस



काठमाडौं- अब काठमाडौं उपत्‍यकामा ट्‍याक्सी चढ्दा मिटरमा जान नमाने कारबाही हुने भएको छ।

यातायात व्‍यवस्था विभागले सूचना जारी गर्दै काठमाडौं उपत्‍यकाभित्र सञ्‍चालित मिटरजडित ट्‍याक्सीको प्रयोग गर्दा गन्तव्‍य स्थानमा जान नमानेमा कारबाही गर्ने जनाएको हो।

विभागले मोबाइल नम्‍बर ९८५१२७३२२२मा वा फोनमा एसएम गरी खबर गर्न यात्रुले आग्र गरेको छ।

यसका साथै ट्‍याक्सी स्ट्याण्डमा सवारी पार्किङ गरी लामो समयसम्‍म चालक मिटरमा नबसेको पाइमा वा नजिकको प्रहरी वा फोनमा एसएमएस गर्न आग्रह गरेको छ।