मेस्सीलाई एकै पटक 'डबल' अवार्ड - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

मेस्सीलाई एकै पटक ‘डबल’ अवार्ड



लियोनल मेसीले एकैपटक दुई वटा अवार्ड पाएका छन्। स्पेनिस खेल पत्रिका मार्काले हरेक वर्ष प्रदान गर्ने पिचिची अवार्ड र अलफ्रेडो डि स्टेफानो अवार्ड  मेसीले एक साथ जितेका हुन्।

बार्सिलोनमा सोमबार भएको एक विशेष कार्यक्रममा मेसीलाई सन् २०१६–१७ को सिजनको उत्कृष्ट घोषणा गर्दै उक्त अवार्ड प्रदान गरिएको हो।

मार्काले हरेक वर्ष ला लिगामा सर्वाधिक गोल गर्ने खेलाडीलाई पिचिची अवार्ड दिने गरेको छ। मेसीले गएको सिजन ला लिगामा ३४ खेलमा ३७ गोल गरेका थिए।

मेसीका प्रतिस्पर्धी रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले गएको सिजन ला लिगामा २५ गोल गरेका थिए। मेसीलाई मार्काले अलफ्रेडो डि स्टेफानो अवार्ड पनि प्रदान गरेको छ। यो अवार्ड ला लिगामा सिजनको उत्कृष्ट खेलाडीलाई प्रदान गरिन्छ।

कार्यक्रममा बार्सिलोनाका मिडफिल्डर आन्द्रेश इनिएस्टाले स्पेनको सबैभन्दा अमूल्य खेलाडीको अवार्ड पाएका छन्।