रियल मड्रिडले गोल गर्दा मेस्सीका छोरा किन खुसी ? - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

रियल मड्रिडले गोल गर्दा मेस्सीका छोरा किन खुसी ?



काठमान्डौ – स्पेनका दुई क्लव रियल मड्रिड र बार्सिलोना कट्टर प्रतिद्वन्द्वी हुन् । यी दुई क्लवमात्र होइन एक वर्षअघिसम्म रियल मड्रिडबाट खेल्ने त्रिलस्टियानो रोनाल्डो र बार्सिलोनाका कप्तान लियोनेल मेस्सीमध्ये को उत्कृष्ट भन्नेमा समेत फ्यानहरुबीच विवाद हुन्छ । यी दुई क्लवका फ्यानहरु आपसमा मिल्दैनन् तर मेस्सीको परिवारका एक सदस्य भने निकै अनौठा छन् ।

मेस्सीका माइला छोरा माटेओ अरु भन्न्दा पूरै फरक छन् । माटेओ रियल मड्रिडको गोलमा खुसी हुन्छन् र मजाले खुसीयाली मनाउँछन् । यो सबै उनले आफ्ना दाजु थियागोलाई चिढ्याउनको लागि गर्ने गर्छन् । मेस्सीका जेठा छोरा थियागो ७ वर्षका छन् । माइला छोरा माटेओ ४ वर्षका छन् र कान्छा छोरा सिरो १ वर्षका छन् ।

यतिमात्र होइन माटेओ आफ्ना पिता लियोनेल मेस्सीले कुनै खेल हारेमा पितालाई समेत जिस्क्याउँछन् र खिल्ली उडाउँछन् । माटेओलाई बार्सिलोनाकै जर्सीमा मात्र लगाव छैन । ‘उनले सबैजसो टिमका जर्सी मन पराउँछन् र लगाउँछन्’ लियोनेल मेस्सीले टिवाइसी स्पोर्टससँग कुरा गर्दै भने ‘पछिल्लो समय उनले भनेका थिए– मैले लिभरपुल रोज्छु जसले तपाइँलाई हरायो ।’

‘उनले अलिअलि बुझ्छन् तर त्यो कुरालाई मनदेखि महसुस गर्न सक्ने भइसकेका छैनन्’ मेस्सीले भने ‘जस्तो कि हामीले पछिल्लो पटक भ्यालेन्सियासँग हार्यौं उनले मेरो खिल्ली उडाएका थिए ।’ उनी धेरैजसो टेलिभिजन हेर्छन् र रियल मड्रिडको गोलमा खुसी मनाउँछन् ताकि उनले दाजु थियागोलाई चिढ्याउन सकुन् । एजेन्सी