मेस्सी संसारकै उत्कृष्ट फुटबलर हुन: डीएगो सिमिओन
काठमाडौं – एथ्लेटिको मड्रिडका प्रशिक्षक डीएगो सिमिओनले मेस्सी र रोनाल्डोका सम्बन्धमा गरेको टिप्पणीको बचाउ गरेका छन् ।
विश्वकपका बेलामा उनले बोलेका कुराको अडियोटेप सार्वजनिक भएको थियो । त्यसमा उनले महान् फूटबलरहरूको टोली छान्नुपर्दा फर्वार्ड पोजिसनमा क्रिस्टियानो रोनाल्डोको ठाउँमा लियोनेल मेस्सीलाई छान्ने बताएका थिए ।
सिमिओनले यो टिप्पणी अघिल्लो महिना आएको र त्यतिखेर अर्जेन्टिनाको पतन तथा विश्वकपमा मेस्सीको योगदानका बारेमा विश्लेषण गरेको बताए ।
सिमिओनले एथ्लेटिकोमा उनका सहायक जर्मन बर्गोससँगको संवाद अर्जेन्टिना क्रोएसियासँग हारेपछि गरेका थिए र त्यो भाइरल भएको थियो ।
‘मेस्सी एकदमै गजबका छन् किनकि उनी असाधारण फूटबलरहरूसँग खेल्छन्,’ सिमिओन भन्छन् अनि बर्गोसलाई प्रश्न सोध्छन्, ‘सामान्य टोलीमा मेस्सी र रोनाल्डोमध्ये एक छान्नुपरेमा कसलाई छान्छौ ?’
सिमिओनले अर्जेन्टिनी फूटबल टोलीलाई प्रशिक्षण गर्ने हल्ला चलिरहेको छ ।
उनले आफ्नो संवादको व्याख्या गर्दै भने, ‘हो, मैले त्यो कुरा भनेको हुँ तर त्यतिखेर मैले जर्मनसँग फूटबलको अनौपचारिक कुराकानी गरेको थिएँ । मैले संसारकै महान् फूटबलर को हो भनिरहेको थिइनँ बरू सामान्य क्लबमा सामान्य खेलाडीहरूले घेरिँदा रोनाल्डो बढी फिट हुन्छन् भनेको थिएँ । मेस्सी चाहिँ महान् फूटबलरहरूबाट घेरिएर संसारकै उत्कृष्ट कायम हुन सफल छन् ।’
आफ्नो टोलीका लागि कसलाई छान्नुहुन्छ भनी सिमिओनलाई सोधिँदा उनले भने, ‘म त मेस्सी नै छान्छु, कुनै शंका छैन ।’