मेस्सी र साम्पाओलीबीच विवाद ! - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

मेस्सी र साम्पाओलीबीच विवाद !



स्टार स्ट्राइकर तथा कप्तान लियोनल मेस्सीले अर्जेन्टिनाको टिममा रहने खेलाडी छनौट तथा टिमको रणनीति निर्माणमा दखल नदिएको वा उनको निर्देशन नरहेको प्रशिक्षक जर्ज साम्पाओलीले बताएका छन् ।

तर केहिदिन अगाडी साम्पओलीबाट यो अधिकार खोसिएको समाचार बाहिरिएको थियो । अन्तिम १६ मा पर्न सफल भएपछी चर्चामा रहेका खेलाडी रोजोले पनि मेस्सिले गर्दा नै खेल जितेको बताएका छन् ।

अर्जेन्टिनाले रुसमा जारी विश्वकप फुटबल अन्तर्गत शनिबार बेलुका अन्तिम १६ मा फ्रान्ससँग प्रतिस्पर्धा गर्दैछ । अर्जेन्टिना निकै अप्ठ्यारो अवस्थामा रहेका बेला नाइजेरियामाथि २–१ को जित निकाल्दै अन्तिम १६ मा आउन सफल भएको हो ।

सुरुका दुई खेलमा खराब प्रदर्शन भएपछि मेस्सीसहितका खेलाडीले प्रशिक्षक साम्पाओलीलाई पाखा लगाएर नाइजेरियासँगको खेलका लागि प्लेइङ्ग इलाभेन तथा खेल रणनीति बनाएको खबर आएका थिए ।

यस्तै अन्तिम समयमा विजयी गोल गरेका मार्कस रोजेले पनि मेस्सी आफूहरुको टिमको साँचो अर्थमा प्रमुख रहेको बताएका थिए । यस्तै नाइजेरियासँगको खेलको क्रममा प्रशिक्षक साम्पाओलीले मेस्सीसँग सर्जियो अग्युरोलाई मैदान ल्याउने लागेको हो कि होइन भनेर सोधेको खबर पनि आएको थियो ।

अग्युरोलाई मैदानमा बोलाउनु पूर्व साम्पाओली र मेस्सीबिच मैदानको छेउमा कुराकानी भएको भिडियो फुटेजमा देखिएको थियो । तर साम्पाओलीले भने त्यो कुराकानी बाहिर आएजस्तो नरहेको बताएका छन् ।

उनले भनेका छन्, ‘मैले खासमा धेरैजसो अट्याकिङ्ग खेलाडी प्रयोग गर्ने रणनीति प्रयोग गर्न गरिहेका छौँ भनेर जानकारी गएको हो ।’ त्यो आफ्नो विचारको खेलाडीसँग सामान्य विमर्स मात्रै रहेको उनले बताएका छन् ।

पहिलो खेलमा आइसल्याण्डसँग १–१ को बराबरी तथा दोस्रो खेलमा क्रोएसियासँग ३–० को हारपछि अर्जेन्टिना समूह चरणबाटै बाहिरिने अवस्थामा पुगेको थियो । त्यसपछि टिमको आलोचना भयो । प्रशिक्षकको पनि ।

मेस्सीसहितका खेलाडीले टिमको रणनीतिक जिम्मेवारी लिएको खबर आएको थियो । तर साम्पाओलीले भने त्यो सबै अस्वीकार गरेका हुन् ।

प्रशिक्षक साम्पाओलीले अन्तिम १६ मा फ्रान्ससँगको खेल निकै कठिन हुने पनि स्वीकार गरेका छन् । यो खेल दाँतको बिचमा चक्कु राखे खेल्नु जस्तै रहेको उनको भनाई छ ।