मेस्सी, रोनाल्डो र सलाह वर्ष खेलाडीमा - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

मेस्सी, रोनाल्डो र सलाह वर्ष खेलाडीमा



लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो र मोहमद सलाह युइएफए वर्ष खेलाडीको सर्ट लिस्टमा समावेश भएका छन्।

युरोपियन फुटबलकै सर्वोच्च संस्था युइएफएले बिहीबार निकालेको ३ खेलाडीको सूचीमा मेसी, रोनाल्डो र सलाह दाबेदारका रूपमा अगाडि देखा परेका छन्।

बार्सिलोनाका स्टार स्ट्राइकर मेसीले गत सिजनको च्याम्पियन्स लिगमा ६ गोल गर्दै उत्कृष्टताको परिचय दिइसकेका छन्।

यस्तै हालै मात्र रियल मड्रिडबाट युभेन्टसमा आवद्ध रोनाल्डोले यसअघि रियलले लगातार तीनपटक उपाधि रक्षा गर्दा रोनाल्डोले सर्वाधिक १५ गोल गरेका थिए। यस्तै लिभरपुलका सलाहले लिभरपुललाई १६ वर्षपछि फाइनल पु-याउने क्रममा १० गोल गरेका थिए।

गत सिजनमा युरोपियन च्याम्पियन्स लिग फुटबलमा अर्जेन्टिनाका मेसी, पोर्चुगलका रोनाल्डो र सलाह मात्र उत्कृष्ट स्ट्राइकरका रूपमा रहेको युइएफएले जनाएको छ।

यसैगरी, उत्कृष्ट डिफेन्डरमा रियलका मार्सेलो, सर्जियो रामोस तथा राफेएल भराने शीर्ष ३ भित्र अटाएका छन्। मिडफिल्डरमा रियलका टोनी क्रुज र लुका मोड्रिजले म्यानचेस्टर सिटीका केभिन डे ब्रुयनेविरुद्ध प्रतिस्पर्धा गर्नेछन्।