ब्राजिलका प्रशिक्षकले भने : मेस्सीलाई रोक्न सम्भव छैन - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

ब्राजिलका प्रशिक्षकले भने : मेस्सीलाई रोक्न सम्भव छैन



एजेन्सी – घरेलु टोली ब्राजिल र अर्जेन्टिना कोपा अमेरिका २०१९ को पहिलो सेमिफाइनलमा भिड्दैछन् । खेल नेपाली समयअनुसार बुधबार बिहान ६:१५ बजे सुरु हुनेछ ।

खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा ब्राजिलका प्रशिक्षक टिटेले अर्जेन्टिनी कप्तान मेस्सीलाई रोक्न असम्भव रहेको बताएका छन् । मेस्सीले यस प्रतियोगितामा अपेक्षित प्रदर्शन गर्न नसकेपनि उनलाई कमजोर आँक्न नमिल्ने टिटेको बुझाइ छ । उनले मेस्सी एक्लैले खास प्रदर्शन नगरेपनि अर्जेन्टिनाको आक्रमणमा औंको प्रभाव रहेको बताएका छन् ।

‘हामीले अर्जेन्टिनाको एक खेलाडीमा मात्र ध्यान दिएका छैनौं । सामुहिक रुपमा अर्जेन्टिना निकै बलियो टोली हो । मेस्सी एक्लैलाई पनि पूर्ण रुपमा रोक्न सकिन्न । उनलाई कसरि कम प्रभावशाली बनाउने भन्ने हाम्रो योजना हो,’ टिटेले थपे, ‘ जसरी कोउटिन्हो एक्लैले खेल बदल्न सक्दैनन् । फिर्मिनो, डेबिड नेरेस लगायतले उनलाई साथ दिएर नतिजा निकाल्ने हो ।’

ब्राजिल घरेलु मैदानमा खेलिरहेको कारण पनि समर्थकको साथ रहने टिटेले विश्वास व्यक्त गरे । ‘ यदि समर्थकले टोली होटेलमा आउँदाजस्तो समर्थन गर्ने हो भने हामीलाई थप उर्जा मिल्नेछ । यो मैदान अझ विशेष छ र मलाई आशा छ समर्थकहरुको बलियो साथ रहनेछ ,’ उनले टुंग्याए ।