मेस्सी असन्तुष्ट : के हो उनको रोजाई ? - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

मेस्सी असन्तुष्ट : के हो उनको रोजाई ?



एजेन्सी । बार्सिलोनाका स्टार लियोनल मेस्सीले एट्लेटिको मड्रिडका फरवार्ड एन्टोनी ग्रिजम्यान ल्याउने क्लबको तयारीमा असन्तुष्टि जनाएका छन् ।

मेस्सीले बार्सिलोनाको बोर्ड सदस्यलाई ग्रिजम्यानलाई नाउ क्याप ल्याउने तयारीमा असन्तुष्टि देखाएका हुन् ।

विश्व विजेता फ्रान्सका स्टार ग्रिजम्यानले समर ट्रान्सफरमा क्लब छाड्ने निर्णय गर्दै स्पेनिस महारथी बार्सिलोनासंग जोडिन ईच्छा देखाईरहेका छन् ।

क्याटलानका धेरै खेलाडी ग्रिजम्यानलाई क्लबमा ल्याउने निर्णयमा असन्तुष्ट छन् ।

स्पेनिस मिडियाका अनुसार मेस्सी ग्रिजम्यानको स्थानमा बार्साका पुर्व खेलाडी नेयमारलाई पुन अनुबन्धनकालागि जोड गरिरहेका छन् ।

बार्सिलोनाले पेरिस सेन्ट जर्मेन पीएसजीका अध्यक्षसंग समेत नेयमारको बिषयमा छलफल गरेको थियो ।

तर पीएसजीका अध्यक्ष नासिर अल खालिफाले नेयमारलाई बेच्न नसकिने भन्दै उनी क्लबमा खुसी रहेको बताएका थिए ।

सोही कारण ग्रिजम्यान अनुबन्धनको बिषयमा दुवै क्लब छलफलमा छन् । सोही कारण उनको अनुबन्धन प्रक्रियाले निर्णायक रुप लिन सकेको छैन ।

२८ बर्षिया फरवार्ड आफै समेत बार्सिलोनामा देखिन उत्सुक छन् । धेरै क्लब ग्रिजम्यान अनुबन्धनको प्रयास गरिरहेका छन् । सोही कारण ग्रिजम्यानलाई चाँडै अनुबन्धन गर्न बार्सिलोनामाथि दबाब छ ।

ला लिगा च्याम्पियन बार्साले सिजनको दौरान ग्रिजम्यान अनुबन्धनमा निकै चासो देखाएको थियो ।

एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोन समेत ग्रिजम्यानलाई सस्तोमा अन्य क्लबमा बेच्न राजी छन् । कारण उनी लिग प्रतिद्वन्दी क्लब बार्सिलोनामा ग्रिजम्यान गरेको देख्न चाहदैनन् ।