मेस्सी र रोनाल्डो को कारण डिभोर्स ! - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

मेस्सी र रोनाल्डो को कारण डिभोर्स !



काठमाडौं । स्टार स्ट्राइकर लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोका कारण विवाह गरेको १४ वर्षपछि एक जोडीको सम्बन्धविच्छेद भएको छ ।

विश्वकप फुटबलका बेला मेस्सीको खेल नराम्रो भनेर आलोचना गरेपछि रसियामा ४० वर्षका आर्सेनले ३७ वर्षकी श्रीमती लिउडमिलासँग सम्बन्धविच्छेद गरेका हुन् ।

खेल मन पराउने उनीहरु दुवै जनाको भेट पनि विश्वकपकै बेला भएको थियो । सन् २००२ को विश्वकप एक रेस्टुरेन्टमा बसेर हेरिरहेका बेला उनीहरुको भेट भएको थियो । भेट र सम्बन्ध बढ्दै गएपछि उनीहरुले विवाह गरेका थिए ।

विवाहको केही समयपछि रसियन फुटबल लिगमा पनि उनीहरुले प्रतिस्पर्धी क्लबको समर्थक भएको थाहा पाएका थिए ।

चर्चित स्पेनिस ला लिगामा पनि आर्सेनले बार्सिलोना र लिउडमिलाले रियल मडि्रडको समर्थन गर्दा पनि उनीहरुको सम्बन्ध राम्रै भइरहेको थियो ।

यसअघि मेस्सी र रोनाल्डोको कुरालाई लिएर आफूहरुले जिस्काउने र मजाक गर्ने गरेको भएपनि अहिले सहनै नसक्ने भएको आर्सेनले रसियन मिडियासँग बताएका छन् ।

तर, विश्वकप फुटबलका दौरान लिउडमिलाले मेस्सीको आलोचना गरेपछि भने उनीहरुको सम्बन्धका दरार आयो ।

विश्वकप समूह चरणमा अर्जेन्टिना र नाइजेरियाबीचको खेल चलिरहँदा उनीहरु सँगै बसेर खेल हेरिरहेका थिए । खेल सुरु भएदेखि नै लिउडमिलाले मेस्सीको खेलको आलोचना गरिरहेकी थिइन् ।

मेस्सीले १४ औं मिनेटमा गोल गरेपछि आर्सेन निकै खुसी भएका थिए । आर्सेनले खुसी मनाइरहँदा पनि लिउडमिलाले उनको मजाक उडाइरहिन् । त्यसपछि आर्सेनले लिउडमिलालाई एक थप्पड हाने ।

त्यसपछि चुपचाप रहेका उनीहरु सम्बन्धविच्छेद नै गर्ने सोचमा पुगे । खेल सकिएको अर्को दिन आर्सेनले सम्बन्धविच्छेदका कागजात तयार पारेर लिउडमिलालाई दिएका थिए ।