अर्जेन्टिनाका राष्ट्रपतिले मेस्सीलाई लेखे भावुक पत्र: करियर अन्त्यको चिन्ता - Himal Post Himal Post
  • ४ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 20 2024
Logo

अर्जेन्टिनाका राष्ट्रपतिले मेस्सीलाई लेखे भावुक पत्र: करियर अन्त्यको चिन्ता



एजन्सी- अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले लियोनेल मेस्सीलाई स्वदेश फर्केर निवेल्स ओल्ड ब्वाइजमा आफ्नो करियर अन्त्य गर्न आग्रह गरेका छन् ।

क्लब छाड्ने इच्छा व्यक्त गर्दै मेस्सीले बार्सिलोनालाई पत्र लेखे यता उनको भविष्यबारे निकै चर्चा भइरहेको छ । ला लिगाले हालै उनको करारमा रहेको ७० करोड युरोको रिलज क्लजभन्दा कम रकममा क्लब छाड्न नसक्ने बताएपछि उनको भविष्यबारे थप अन्यौलता देखिएको छ ।

यसका बावजुद धेरै क्लबहरुसँग मेस्सीको नामहरु जोडिएका छन् । जसमा म्यान्चेस्टर सिटी अग्रस्थानमा रहेका छ भने यो दौडमा पेरिस सेन्ट जर्मेन, इन्टर मिलान र युभेन्टस पनि जोडिएको छ ।

३३ वर्षको उमेरमा पनि गत सिजन व्यक्तिगतरुपमा उत्कृष्ट प्रदर्शन गरेका मेस्सीले अझै युरोपियन फुटबलमा राम्रो प्रदर्शन गर्न सक्छन् । यसका बावजुद अर्जेन्टिनीहरु भने मेस्सी स्वदेश फर्कन सक्ने सपना साकार हुन सक्नेमा आशावादी छन् ।

हालै मात्र मेस्सीले बाल्यकालमा खेलेको क्लब निवेल्स ओल्ड ब्वाइज क्लबका समर्थकहरुले रोजारियोको सडकमा मेस्सीको समर्थनमा जुलुस निकालेका थिए । अहिले अर्जेन्टिनाकै राष्ट्रपतिले पनि मेस्सी र क्लबको सो पुनर्मिलन हेर्ने इच्छा व्यक्त गरेका छन् ।

‘तिमी हाम्रो हृदयमा छौँ र तिमीलाई हामीले हाम्रो देशमा खेलेको देखेका छैनौँ,’ फर्नान्डेजले सी ५ एनमार्फत मेस्सीलाई सन्देश सुनाए, ‘निवेल्स ओल्ड ब्वाइजमा आफ्नो करियर अन्त्य गरेर हामीलाई आनन्द देऊ ।’

३३ वर्षीय खेलाडीले क्लबबाट नखेल्ने इच्छा प्रकट गर्दै क्लबको मेडिकल र प्रशिक्षणमा सहभागी भएका छन् । तर, उनको स्थानान्तरण भने दिन प्रतिदिन पेचिलो बन्दै छ ।