मेस्सीले बार्सिलोनालाई पठाएको पत्रमा के छ ? (पत्रसहित) - Himal Post Himal Post
  • ४ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 20 2024
Logo

मेस्सीले बार्सिलोनालाई पठाएको पत्रमा के छ ? (पत्रसहित)



एजेन्सी– बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले क्लब छाड्ने निर्णय गर्दै मंगलबार क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउको नाममा लेखेको पत्र सार्वजनिक भएको छ ।

क्लबनिकट स्रोतले स्पेनिस संचारमाध्यमलाई उपलब्ध गराएको पत्र अनुसार मेस्सीले आफ्नो सम्झौतामा उल्लेख गरिएको प्रावधान अनुसार सम्झौता रद्द गर्न चाहेका छन् । मेस्सीले ब्युरोफ्याक्स मार्फत क्लबलाई पत्र पठाएका थिए । स्पेनको अदालतले आधिकारिक मान्ने ब्युरोफ्याक्स माध्यमको प्रयोग गर्दै मेस्सीले पत्रमार्फत सम्झौता रद्द गर्न भनेका हुन् ।

मेस्सीको पत्रमा यस्तो लेखिएको छ :

‘ यो पत्रको माध्यमबाट, म, लिओनेल आन्द्रेस मेस्सी कुचीटिनि, आइडी नम्बर (खालि) बाट, अनुरोध गर्दछुकी क्लबसँग रहेको मेरो व्यावसायिक सम्झौता रद्द होस् । सम्झौतामा रहेको बुँदा नम्बर २४ ले मलाई यो अधिकार प्रदान गरेको छ ।

मेरो व्यक्तिगत विकास र व्यावसायिक सम्बन्ध विकासका लागि क्लबले मेरो यहाँको बसाइभर दिएको अवसरप्रति म आभारी छु ।

मैले यहाँ प्राविधिक र व्यक्तित्व विकासमा धेरै कुरा सिक्ने अवसर पाएँ । अहिले भने व्यक्तिगत कारण (खालि) का कारण म कठिन निर्णय लिन बाध्य छु । मलाई आशा छ मलाई क्लब व्यवस्थापनले सहज रुपमा समन्वय गर्नेछ ।’

यस्तो छ पत्र :

मेस्सीले आफ्नो सम्झौतामा रहेको प्रावधान अनुसार गत सिजनको अन्त्यसँगै आफ्नो सम्झौता रद्द गर्न पाउने प्रावधानको प्रयोग गर्दै क्लब छाड्न चाहेको बताएका छन् । मेस्सीको सम्झौता अनुसार जुन १ सम्म उनले चाहेको अवस्थामा उनले कुनै रकम नतिरी क्लब छाड्न पाउने थिए ।

तर सामान्य अवस्थामा मे महिनामै सकिने सिजन यसपटक कोरोना भाइरस संक्रमणका कारण लम्बिएको थियो । यससँगै मेस्सीले आफ्नो सम्झौता अनुसार सम्झौताको प्रावधान मान्य रहने जानकारी दिँदै क्लबलाई सम्झौता रद्द गर्न आग्रह गरेका छन् । यस विषयमा छलफल गर्न बार्सिलोनाले क्लबको आकस्मिक बैठक डाकेको छ ।

मेस्सीले गत शुक्रबार क्लबका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानसँग भेटघाट गरेका थिए । त्यसबेला नै उनले आफू लामो समय क्लबमा नरहने प्रष्ट पारिसकेका थिए । क्लबको बोर्डसँग राम्रो सम्बन्ध नरहेका मेस्सीले कोम्यानसँग भेटघाटपछि क्लब छाड्ने निर्णय लिएको बुझिएको छ ।

क्लबमा रहेको २ दशकपछि विश्व फुटबललाई नै आश्चर्यचकित बनाउँदै मेस्सीले बार्सिलोना छाड्ने निर्णय लिएका छन् । अब क्लबको बोर्ड बैठकले उनको आग्रहबारे छलफल गर्नेछ ।