मेस्सी बने बार्सिलोनाका नयाँ कप्तान - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मेस्सी बने बार्सिलोनाका नयाँ कप्तान



अर्जेन्टिनी स्टार लियोनल मेस्सी बार्सिलोनाका नयाँ कप्तान बनेका छन्। अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका समेत कप्तान मेस्सीले जिरार्ड पिके, सर्जियो बुस्केट्स र सर्गी रोवर्टोलाई उछिन्दै बार्साको नयाँ कप्तान बनेका हुन्।

स्टार मिड–फिल्डर आन्द्रे इनियस्टाले बार्सा छाडेपछि मेस्सी बार्साको पहिलो रोजाइमा परेका हुन्। यस्तै उप–कप्तानमा सर्जियो बुस्केट्सलाई छानिएको छ। सन् २०१५ यता बार्सिलोनको उप–कप्तानको भूमिका खेलिरहेका मेस्सीको नेतृत्वमा अब बार्सा नयाँ सिजन मैदान उत्रनेछ।

घरेलु लिग ला–लिगा यसै महिनाको १७ तारिखदेखि सुरु हुनेछ। मेस्सीले आफ्नो नेतृत्वमा क्लवले पहिलो ट्रफी उचाल्ने विश्वास व्यक्त गरेका छन्। उनको नेतृत्वमा बार्सिलोना आइतबार सेभिल्लाविरुद्ध स्पेनिस सुपर कोपा उपाधिका लागि मैदान उत्रदैछ। पाँच पटकका बालुन डि ओर विजेता मेस्सी आफ्नो नेतृत्वमा आउँदो १२ महिनाभित्र बार्सालाई धेरै उपाधि दिलाउन चाहन्छन्।