सर्वाधिक कमाउने फुटबलर मेसी, तेश्रोमा नेयमार : अन्य कोको परे ? - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

सर्वाधिक कमाउने फुटबलर मेसी, तेश्रोमा नेयमार : अन्य कोको परे ?



अर्जेन्टिनाका बार्सिलोना स्टार लियोनेल मेसी सर्वाधिक कमाउने फुटबलरको शीर्ष स्थानमा रहन सफल भएका छन् । चर्चित म्यागजिन फोर्ब्सले सर्वाधिक बढी कमाउने फुटबलरको सूची सार्वजानिक गर्दा पहिलो पटक मेसीले शीर्ष स्थान कब्जा गरे।

उनले १२७ मिलियन डलर करिब १४ अर्ब १२ करोड रुपैयाँ आम्दानी गरे। त्यस्तै सर्वाधिक कमाउने खेलाडीमा शीर्ष तीनमा पहिलो पटक फुटबल खेलाडीले पकड बनाउन सफल भए। पोर्चुगलका युभेन्ट्स स्टार रोनाल्डो १०९ मिलियन डलर करिब १२ अर्ब १० करोडसहित दोस्रो स्थानमा रहेका छन्।

त्यस्तै ब्राजिलका पीएसजी स्टारनेयमार १०५ मिलियन डलर करिब ११ अर्ब ६५ करोड सहित तेस्रो स्थानमा रहेका छन्।

फोर्ब्सले गत जुनदेखि एक वर्षको अवधिमा जितेको पुरस्कार, तलब र प्रायोजन जोडेर सूची प्रकाशन गर्ने गरेको छ। सूचीमा बास्केटबलका ३५ खेलाडी रहेका छन् भने अमेरिकी फुटबलका १९, बेसबलका १३, फुटबलका १२ जन सुचिमा रहेका छन्। त्यस्तै गल्फ र टेनिसका समान पाँच खेलाडी सूचीमा रहेका छन्। सूचीमा एक मात्र महिला खेलाडी टेनिसकी सेरेना विलियम्स रहेकी छिन्।

उनी ६३औँ स्थानमा छिन्। उनको २९.२ मिलियन डलर आम्दानी रहेको छ। त्यस्तै पुरुषतर्फ रोजर फेडेरर ९३.४ मिलियन डलर सहित पाँचौ स्थानमा रहेका छन्। भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली शीर्ष १०० मा पर्ने एक्ला क्रिकेटर बने। उनी लगातार तेस्रो वर्ष फोर्ब्सलेको शीर्ष १०० भित्र नाम लेखाउन सफल भए।

कोहली यो पटक सूचीको अन्तिम अर्थात् एक सयौँ नम्बरमा रहेका छन्। २५ मिलियन डलर कमाउने उनी दक्षिण एसियाका एक्ला खेलाडी हुन्। फोब्र्सको लिस्टमा २५ देशका खेलाडी सर्वाधिक धेरै कमाउने खेलाडीमा अघिल्लो पटक २२ देशका खेलाडीले शीर्ष १०० मा स्थान बनाएका थिए। यो पटक २५ देशका खेलाडी शिर्ष १०० मा सामेल छन्। यिनीहरूको कुल कमाइ करिब चार अर्ब डलर रहेको छ। यो अघिल्लो वर्षको तुलनामा पाँच प्रतिशतले बढी हो।

बढी कमाउने १० खेलाडी

१. लियोनल मेसी (फुटबल), १२७ मिलियन डलर

२. क्रिस्टियानो रोनाल्डो (फुटबल), १०९ मिलियन डलर

३. नेयमार (फुटबल) १०५ मिलियन डलर

४. क्यानेलो अल्भारेस (बक्सिङ), ९४ मिलियन डलर

५. रोजर फेडेरर (टेनिस), ९३.४ मिलियन डलर

६. रसेल विल्नस (फुटबल), ८९.५ मिलियन डलर

७. आरोन रोड्जर (फुटबल), ८९.३ मिलियन डलर

८. लिब्रोन जेम्स (बास्केटबल), ८९ मिलियन डलर

९. स्टेफिन करी (बास्केटबल), ७९.८ मिलियन डलर

१०. केभिन डुरान्ट (बास्केटबल), ६५.४ मिलियन डलर