मेस्सी नायक बन्दा बार्सिलोनाको जित - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

मेस्सी नायक बन्दा बार्सिलोनाको जित



एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले सहज जित निकालेको छ । शनिबार भएको खेलमा बार्सिलोनाले स्पानियोललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी नायक बने । बार्सिलोनाको जितमा दुवै गोल मेस्सीले गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७१ औं मिनेटमा मेस्सीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसपछि खेलको ८९ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-० को जित दिलाए ।

जितसंगै शीर्ष स्थानको बार्सिलोनाले लिगमा १४ अंकको अग्रता बनाएको छ । बार्सिलोनाले २९ खेलबाट ६९ अंक जोडेको छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको ५६ अंक रहेको छ ।

ला लिगा अन्तर्गत नै अर्को खेलमा लेगानेसले गेटाफेलाई २-० ले हराएको छ ।