मेस्सीले किन भने मिल्नरलाई ‘गधा’ ? - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

मेस्सीले किन भने मिल्नरलाई ‘गधा’ ?



काठमाडौं -इङ्लिस क्लब लिभरपुलका कप्तान जेम्स मिल्नरले स्पेनिस महारथि बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफुलाई मैदानमा मुख छाडरे ‘गधा’ भनेको आरोप लगाएका छन् । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा खेलिएको सेमिफाइनलको पहिलो लेगमा मेस्सीले आफुलाई ‘गधा’ भनेको मिल्नरले बताएका छन् ।

पहिलो लेगमा बार्सिलोना ३–० गोलले विजयी भएको थियो । उक्त खेलमा मेस्सीलाई मिल्नरले ट्याकल गरेका थिए । मिल्नरले फलहाने पछि मेस्सीले स्पेनिस भाषामा गाली गरेका थिए । त्यतिबेला मैदानमा मिल्नर र मेस्सीको विवाद पनि भएको थियो । मिल्नरले हालै मिडियामा उक्त कुराको खुलासा गरेका छन् । मिल्नरले त्यतिबेला आफुले स्पेनिस भाषा नबुझेको र पछि मात्र थाहा पाएको पनि बताए ।

‘मैले फलगर्दा मेस्सी धेरै रिसाएका थिए । उनी स्पेनिस भाषामा मलाई ‘बुर्रो’ भनेर गाली गरिरहेका थिए, यसको अनुवाद ‘गधा’ हुने रहेछ,’ मिल्नरले भनेका छन् । मिल्नरले मेस्सीले प्रयोग गरेको शब्द स्पेनिस फुटबलमा धेरै प्रयोग हुने गरेको आफुले पछि मात्र थाहा पाएको पनि बताए ।

पहिलो लेगमा सानदार जित हात पारेको बार्सिलोनालाई लिभरपुलले घरेलु मैदान एनफिल्डमा खेलिएको दोस्रो लेगमा खेल उल्टाउँदै ४–० गोलले हराएको थियो । त्यसपछि निराश बनेको बार्सिलोना अझै शोकमा छ । चोटमाथि चोट खेपेको बार्सिलोना आइतबार मात्र स्पेनिस कोपा डेल रेको फाइनलमा भ्यालेन्सियासँग २–१ गोलले पराजित भयो । यस हारले बार्सिलोनामा थप सन्नाटा छाएको छ ।