पहिलो खेलमै अर्जेन्टिनालाई झट्का - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

पहिलो खेलमै अर्जेन्टिनालाई झट्का



एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘बी’ को पहिलो खेलमा अर्जेन्टिनाले हार बेहोरेको छ । कोलोम्बियाले दोस्रो हाफको गोलको मदतले उपाधि दावेदार मानिएको अर्जेन्टिनालाई २-० ले हराएको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा कोलोम्बियाले २ गोल गर्दै अर्जेन्टिनालाई पराजित गरेको हो । खेलको ७१ औं मिनेटमा रोजर मार्टिनेजले उत्कृष्ट गोल गर्दै कोलोम्बियालाई अग्रता दिलाएका थिए । उनले हामेस रोड्रीग्वेजको लामो पासलाई नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्रको दायाँ भागबाट उत्कृष्ट गोल गरेका थिए ।

कोलोम्बियाले ८६ औं मिनेटमा अग्रता दोब्बर पार्यो । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका डुभान जपाटाले जेफर्सन लेर्माको पासलाई सदुपयोग गर्दै कोलोम्बियाको अग्रता दोब्बर पारे । थप समयमा दुवै टोलीबाट गोल हुन नसक्दा अर्जेन्टिनाले प्रतियोगितामा खराब सुरुवात गर्यो ।

अर्जेन्टिना रहेको समूह बी मा कतार, कोलोम्बिया र पाराग्वे रहेका छन् । अब अर्जेन्टिनाले अर्को खेलमा बुधबार पाराग्वेको सामना गर्नेछ ।