मेसीले पाए ‘प्रिमियो अल्डो रोभिरा’ अवार्ड - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

मेसीले पाए ‘प्रिमियो अल्डो रोभिरा’ अवार्ड



काठमाडौं । अर्जेन्टिना तथा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले अवार्ड प्राप्त गरेका छन् । बिहीबार मेसीले ‘प्रिमियो अल्डो रोभिरा’ अवार्ड प्राप्त गरेका हुन् ।

गत सिजन उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै मेसीलाई उक्त अवार्ड प्रदान गरिएको हो । अवार्ड बार्सिलोनाका पूर्व निर्देशक जोसेप लुइस रोभिराले उनको छोराको सम्झनामा स्थापना गरेका हुन् । उनको छोराको निधन सन् २००९ मा मोटरसाइकल दुर्घटनाबाट भएको थियो ।

खेलपत्रकारहरुले भोट गरेको आधारमा मेसीलाई उक्त अवार्ड दिइएको हो । मेसीले यसभन्दा अघि पनि उक्त अवार्ड प्राप्त गरेका थिए । उनले सन् २००९–१०, २०१०–११, २०१२–१३, २०१४–१५, २०१६–१७ मा मेसीले उक्त अवार्ड प्राप्त गरेका थिए ।

सन् २००९ देखि प्रदान गर्दै आएको उक्त अवार्ड यसभन्दा अघि सन् २०११–१२ मा इरिक एभिडाल, २०१३–१४ मा जाभिएर मास्चेरानो तथा २०१५–१६ मा लुइस स्वारेजलाई दिइएको थियो ।