मेसीलाई हराउँदै रोनाल्डोले जिते च्याम्पियन्स लिगको उत्कृष्ट फरवार्डको उपाधि - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

मेसीलाई हराउँदै रोनाल्डोले जिते च्याम्पियन्स लिगको उत्कृष्ट फरवार्डको उपाधि



एजेन्सी। अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीलाई हराउँदै क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिग फुटबलको उत्कृष्ट फरवार्डको उपाधि जितेका छन्। च्याम्पियन्स लिगमा गरेको प्रर्दशनका आधारमा वितरण गरिने च्याम्पियन्स लिगको विधागततर्फको उत्कृष्ट फरवार्डको उपाधि रोनाल्डोले हात पारेका हुन्। उत्कृष्ट फरवार्डको दौडमा मेसी, रोनाल्डो र मोहमद सालाह थिए ।

हालै युभेन्टसमा आवद्ध रोनाल्डोले रियल म्याड्रिडलाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । रोनाल्डोले गत सिजन रियलको लागि ४४ खेलमा ४४ गोल गरेका थिए । उनले रियलसँग रहेर च्याम्पियन्स लिगसँगै यूईएफए सुपर कप, स्पेनिस सुपर कप र क्लब विश्वकप पनि जितेका थिए ।

रोनाल्डोले उत्कृष्ट फरवार्डको लागि भएको मतदानमा २ सय ८७ अंक पाए। दोस्रो स्थानको मोहम्मद सलाहले २ सय १८ अंक जोड्दै प्रतिस्पर्धा दिएका थिए । तेस्रो स्थानका लिओनेल मेसीले ४३ अंक मात्र जोड्न सके।