मेस्सी बने विश्वकै सर्वाधिक कमाई गर्ने खेलाडी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

मेस्सी बने विश्वकै सर्वाधिक कमाई गर्ने खेलाडी



अर्जेन्टिनाका स्टार एवं बार्सिलोनाका आइकन लियोनल मेस्सी विश्वकै सर्वाधिक कमाई गर्ने खेलाडीको शीर्ष सूचीमा परेका छन् ।

अमेरिकाको चर्चित बिजनेस म्यागाजिन फोब्र्सले सार्वजनिक गरेको विश्वमा सर्वाधिक कमाई गर्ने खेलाडीको पहिलो सुचीमा मेस्सी परेका हुन् । फोब्र्सका अनुसार मेस्सीको बार्षिक कमाई एक सय २७ मिलियन अमेरिकी डलर रहेको छ । दोस्रो स्थानमा पोर्चुगल एवं युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डो रहेका छन् ।

रोनाल्डोको कमाई बार्षिक एक सय ९ मिलियन अमेरिकी डलर छ । तेस्रो स्थानमा रहेका ब्राजील एवं पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार नेइमारको कमाई पनि एक सय ९ मिलियन डलर रहेको छ । चौथो स्थानमा मेक्सिकोका बक्सर कानेलो अल्भारेज छन् । उनको कमाई ९४ मिलियन डलर रहेको छ ।

पाँचौं स्थानमा अटाएका स्वीस टेनिस स्टार रोजर फेडेररको कमाई ९३.४ मिलियन, छैटौं स्थानमा रहेको अमेरिकन फुटबलर रुसेल विल्सनको ८९.५ मिलियन र सातौं स्थानमा रहेका अमेरिकाकै फुटबलर आरोन रोड्जर्सको ८९.३ मिलियन अमेरिकी डलर छ । यसैगरी बास्केटबलका लेब्रोन जेम्सको ८९ मिलियन सहित आठौं र बास्केटबलमै स्टेफेन्स करी ७९.८ मिलियन डलरसहित नवौं र केभिन डुरान्ट ६५.४ मिलियन डलर सहित शीर्ष १०मा अटाएका छन् ।