मेस्सी पनि अवैध धनमा मुछिए ! - Himal Post Himal Post
  • ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
Logo

मेस्सी पनि अवैध धनमा मुछिए !



खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय समूह (आइसिआइजे) ले पनामा पेपर्स–२ बुधबार राति सार्वजनिक गरेको छ ।

विश्वका चर्चित व्यक्ति र तिनका कम्पनीहरूले आफ्नो अवैध सम्पत्ति लुकाउन र कर छली गर्न कसरी सुरक्षित स्थान (ट्याक्स हेभन) रोजेका छन् भनेर पनामा पेपर्स खुलासा भएको दुई वर्षपछि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्ट (आइसिआइजे) ले बुधबार राति अर्को खुलासा गरेको छ । २०७३ वैशाख २७ गते आइसिआइजेले पहिलोपल्ट पनामा पेपर्स सार्वजनिक गरेको थियो ।

मोसेक फोन्सेका नामको बिचौलिया ल फर्मबाट आइसिआइजेले पाएको विवरणअनुसार चर्चित फुटबल खेलाडी लियोनेल मेस्सी, अर्जेन्टिनाका राष्ट्रपति मउरिसियो मार्सी र कुवेतका उच्चपदस्थ अधिकारीहरु अवैध सम्पत्ति राखेको र कर छली गरेको प्रकरणमा जोडिएका छन् । नागरिक दैनिकबाट ।