मेस्सीको ह्याट्रिक ! - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

मेस्सीको ह्याट्रिक !



एजेन्सी । गएराति भएको च्याम्पियन्स लिगमा बार्सिलोनाले पहिलो खेलमा पीएसभी इन्दोभेनमाथि सहज जित निकाल्दै सुखद् सुरुवात गरेको छ । मंगलबारको जितका लागि कप्तान लियोनल मेस्सीले ह्याट्रिक गोल गरेपछि पीएसभिलाई ४—० गोल अन्तरले पराजित गरेको हो ।

शुरुवाति राम्रो खेलेका पीएसभिका खेलाडीले खेलको ३२ औं मिनेटमा बार्सिलोनाका ओसमान डेम्बेलेलाई लडाएपछि बार्सिलोनाले फ्रि किक पाएको थियो । उक्त फ्रि किकलाई कप्तान मेस्सीले उत्कृष्ट पास गर्दै गोल पोष्टसम्म पुर्याएपछि बार्सिलोनाले १—० ले अग्रता लिएको थियो ।

पहिलो हाफसम्म एक गोलले मात्रै अगाडि रहेको बार्सिलोनाका लागि दोस्रो गोल ओसमान डेम्बेलेले खेलको ७४ औं मिनेटमा गरे भने त्यसको तीन मिनेटपछि ७७ औं मिनेटमा कप्तान मेस्सीले थपअर्को गोल गर्दै व्यक्तिगत २ गोल गरेका थिए ।

बार्सिलोनाका सशक्त खेलाडी सामुयल उम्तीती ७९ औं मिनेटमा दुई पहेलो कार्र्ड पाएपछि टिमबाट बाहिरिएका थिए । उम्तीती बाहिरिएपछि १० खेलाडीमा सिमित भएको बार्सिलोनाका लागि ८७ औं मिनेटमा कप्तान मेस्सीले ह्याट्रिक गोल गर्दै पीएसभिलाई ४—० गोल अन्तरले पराजित गरेको हो ।