मेस्सीले दुई गोल गरे पनि बार्सिलोना आफ्नै मैदानमा पराजित - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

मेस्सीले दुई गोल गरे पनि बार्सिलोना आफ्नै मैदानमा पराजित



काठमाडौं । स्पेनिस लिग फुटबलमा गएराति बार्सिलोना पराजित भएको छ ।

तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनालाई रियाल बेटिसले ४–३ ले हराएको हो ।

चोटमुक्त भएर मैदान फर्किएका लिओनल मेस्सीले दुई गोल गरे पनि बार्सिलोनालाई आफ्नै मैदानमा पराजित हुनबाट जोगाउन सकेनन् । हारको बाबजुद बार्सिलोना स्पेनिस लिगको अंक तालिकाको शीर्ष स्थानमै छ ।

१२ खेलबाट उसको २४ अंक छ । समान खेलबाट २३ अंक जोडेको सेभिया दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको एथ्लेटिको मड्रिड र चौथो स्थानको डेपोर्टिभो अलाभेजको पनि समान २३–२३ अंक छ । २० अंक जोडेको रियाल मड्रिड भने छैटौं स्थानमा छ ।

गएराति भएको खेलमा रियाल मड्रिडले सेल्टा भिगोलाई उसैको मैदानमा ४–२ ले हरायो ।