मेस्सी चम्किए, गोल नै गोलको वर्षा - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

मेस्सी चम्किए, गोल नै गोलको वर्षा



एजेन्सी । लियोनल मेस्सी चम्किएको खेलमा अर्जेन्टिनाले मैत्रीपुर्ण खेलमा गोल बर्षा गरेको छ । शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले निकारागुआलाई ५–१ गोल अन्तरले हराएको हो ।

कोपा अमेरिकाको तयारी स्वरुप खेलिएको मैत्रीपुर्ण खेलमा लियोनल मेस्सीले दुई गोल गरे । दुई मिनेटको अन्तरमा दुई गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई शानदार सुरुवात दिएका थिए । लुटारो मार्टिनेजले समेत अर्जेन्टिनाका लागि दुई गोल थपे ।

३७ औ मिनेटमा पहिलो गोल गरेका मेस्सीले लगत्तै अर्जेन्टिनाको अग्रतालाई दोब्बर बनाएका थिए ।

६३ औ मिनेटमा मार्टिनेजले अर्जेन्टिनाकालागि तेस्रो गोल थपे । ७३ औ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै उनले टोलीलाई ४–० को स्थितीमा पु¥याएका थिए ।

८१ औ मिनेटमा पेरेयराले अर्जेन्टिनाका लागि पाँचौ गोल गरेका थिए ।

दोस्रो हाफको ईन्जुरी समयमा निकारागुआका बरेराले एक गोल फर्काउदै हार अन्तर घटाउने काम गरे ।

कोपा अमेरिका कपको संघारमा अर्जेन्टिनाले मैत्रीपुर्ण म्याच खेलेको हो ।