अबको कप्तान मेस्सी ! - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

अबको कप्तान मेस्सी !



अर्जेन्टिनाका लियोनल मेसीले स्पेनिस क्लब बार्सिलोनाको कप्तानको जिम्मेवारी पाएका छन्।

बार्सिलोनाले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत मेसीलाई कप्तानको जिम्मेवारी दिएको बताएको छ।

नियमित कप्तान आन्द्रेस इनिएष्टाले क्लब छाडेपछि बार्सिलोनाले मेसीलाई जिम्मेवारी दिएको हो।

बार्सिलोनामा करिब २२ बर्ष बिताएका इनिएष्टा यसै सिजन जापानिज क्लब भिसेल कोवी गएपछि बार्सिलोनाका ३१ वर्षीय फरवार्ड मेसीले मौका पाएका हुन्। उनी अर्जेन्टिनाका कप्तान समेत हुन्।

सन् २००१ मा क्लबको एकेडमीबाट फुटबल सुरू गरेका मेसी बार्सिलोनाका कीर्तिमानी गोलकर्ता हुन्। मेसीले बार्सिलोनाबाट क्लब फुटबलका सबै उपाधि जितिसकेका छन्।

बार्सिलोनाले सर्जियो बुश्केटलाई उपकप्तान, जेर्राड पिकेलाई तेस्रो र सेर्गी रोबर्टोलाई चौथो कप्तान बनाएको छ।