मेस्सीको करामत बार्सिलोनाको तहल्का ! - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

मेस्सीको करामत बार्सिलोनाको तहल्का !



काठमाडौं । स्पेनिस लिग ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले विजयी सुरुवात गरेको छ । बार्सिलोनाले शनिबार राति डेपोर्टिभो अलाभेसलाई ३–० ले पराजित गरेको हो ।

कप्तान लियोनेल मेस्सीले दुई गोल गरेपछि बार्सिलोनाले सहज जित दर्ता गर्न सफल भएको हो । मेस्सीले मध्यान्तरअघि प्रहार गरेको फ्रिकिक भने क्रसबारमा ठोक्किएर फर्किएको थियो ।

बार्सिलोनाले ६४ मिनेटमा बल्ल पहिलो गोल गरेको थियो । पहिलो गोल मेस्सीले नै गरे । पेनाल्टी क्षेत्रभन्दा थोरै बाहिर रहेको फ्रिकिकलाई उनले चलाखीपूर्ण तरिकाले गोलमा परिणत गरेका थिए ।

फिलिप कोउटिन्होले ८३ हौं मिनेटमा अग्रतालाई दोब्बर पारे ‌। उनले लिगमा डेब्यु गरिरहेका आर्थरको पासमा गोल गरेका थिए । मेसीले खेलको अन्तिम मिनेटमा गोल गर्दै बार्सिलोनालाई ३ अंक दिलाए ।

प्रशिक्षक एर्नेस्टो भालभेर्डेले नयाँ खेलाडीलाई पहिलो रोजाइमा उतारेनन् । बार्सिलोना जितसहित अगाडि बढ्ने रणनीतिमै उत्रिएको हो ।

लिगको शनिबारको खेलमा भिल्लारियललाई रियाल सोसिडाडले २–१ ले हरायो ।

Messi allowed the Alaves wall to jump and fired a low shot beneath it and past Alaves goalkeeper Fernando Pacheco

Barcelona's Messi fires a free kick over the wall during the first half as he looked to put his side ahead before the break

Barcelona's Messi hit the crossbar from the free-kick against Alaves towards the end of the first half on Saturday evening

Barcelona's Ivan Rakitic (second left) challenges for the ball during La Liga clash between Barcelona and Alaves at Nou Camp