मेस्सीलाई दुई बर्ष प्रतिबन्ध - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

मेस्सीलाई दुई बर्ष प्रतिबन्ध



एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई अन्तराष्ट्रिय फुटबलमा दुई बर्षको प्रतिबन्ध लाग्ने भएको छ ।

प्रतियोगिताको दौरान खेल भावना विपरित बोलेको भन्दै कोपा अमेरिका फुटबलले मेस्सीलाई कारबाहीस्वरुप प्रतिबन्ध लगाउने तयारी गरिरहेको मिरर अनलाइनले जनाएको छ ।

कोपा अमेरिका अन्तर्गत चीलीविरुद्धको खेलपछि मेस्सीले रेफ्रीहरुले भ्रष्टाचार गरेको आरोप लगाएका थिए । उक्त खेलमा चिलीलाई २–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले तेस्रो स्थान हासिल गरेको थियो ।

तर, त्यस खेलको ३७ औं मिनेटमा मेस्सी रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । मेस्सीले कोपाको उपाधि ब्राजिललाई जिताउन सेटिङ भएको समेत दाबी गरेका थिए ।

‘यो कोपा ब्राजिलको लागि सेट गरिएको छ । आशा छ कि रेफ्रीमा प्रभाव पर्दैन र पेरुलाई प्रतिस्पर्धा गर्न दिन्छ,’ रेफ्रीको भूमिकामा शंका गर्दै कप्तान मेस्सीले भने , ‘तर, मलाई लाग्छ यो असम्भव छ ।’

तर, प्रतियोगिता सकिएपछिको कोपा अमेरिकाले प्रेस विज्ञप्ति निकाल्दै मेस्सीको कारण प्रतियोगिताको सम्मान घटेको र व्यवसायिकतामा आच आएको जनाएको छ  ।

यस्तै कोपा अमेरिका दक्षिण अमेरिका क्षेत्रको फुटबल विकास, पारदर्शिता र व्यवसायिकता लागि प्रतिवद्ध भएको समेत जनाएको छ ।

खेलपछि मेस्सीले कांस्य पदक लिन समेत अस्वीकार गरेका थिए । मेस्सीले कोपामा भ्रष्टाचार भएको र आफु त्यसमा सामेल नहुने भन्दै पदक लिन अस्वीकार गरेका थिए ।

‘हामी यो भ्रष्टचारको अंश हुन चाहदैनौ, जुन हामीले प्रतियोगितामा सामना गरेका थियौं । हामी कोपा अमेरिकामा आफ्नो सम्मानलाई गुमाउन चाहदैनौ ’मेस्सीले भनेका थिए ।

मेस्सीलाई २ बर्षको प्रतिबन्ध लागेका उनले २०२२ को विश्वकप छनोट र २०२० को कोपा अमेरिका खेल्न पाउने छैनन् ।