मेस्सीलाई एकैसाथ दुई अवार्ड - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मेस्सीलाई एकैसाथ दुई अवार्ड



काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले अलफ्रेडो डि स्टेफानो र पिचिची अवार्ड जितेका छन् ।

स्पेनमा सोमबार भएको एक कार्यक्रमका बीच मेस्सीलाई दुई अवार्ड दिइएको हो । यी अवाडी स्पेनिस खेल पत्रिका मार्काले प्रदान गर्दै आएको छ ।

मेस्सीले ला लिगामा सन् २०१७–१८ को सिजन उत्कृष्ट खेलाडी बन्दै अलफ्रेडो डि स्टेफानो अवार्ड जितेका हुन् । यस्तै मेस्सीले ला लिगामा सर्वाधिक गोल गर्दै पिचिची अवार्ड पनि जितेका हुन् ।

गत सिजन मेस्सीले ३४ गोल गरेका थिए । यस्तै १२ गोलका लागि पास उपलब्ध गराएका थिए ।

मेस्सीले एक दशकमा पाँचौ पटक पिचिची अवार्ड जितेका हुन् ।