मेस्सी र अर्जेन्टिनाको भाग्य के हुन्छ ? - Himal Post Himal Post
  • ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
Logo

मेस्सी र अर्जेन्टिनाको भाग्य के हुन्छ ?



लियोनल मेसी प्रेरित अर्जेन्टिना विश्वकप फुटबल प्रतियोगिताबाट बाहिरिने लगभग पक्का भएको छ।

समुह चरणको दोस्रो खेलमा क्रोयसियासँग बिहिबार राति ३–० को फराकिलो गोल अन्तरले पराजित भएसँगै अर्जेन्टिना विश्वकपबाट बाहिरिने खतरा बढेको हो।

समूह चरणको पहिलो खेलमा नवप्रवेशी आइसल्याण्डसँग बराबरी खेलेको अर्जेन्टिनाले अब अन्तिम खेलमा नाइजेरिलाई फराकिलो अन्तरले हराउँदै अन्य खेलको नतिजामा मात्र उसको नकआउट चरण पुग्ने सम्भावना तय हुनेछ।

बिहिबार रातिको महत्वपूर्ण खेलमा व्यहोरेको हार सन् १९५८ यता पहिलो पटक अर्जेन्टिनाले विश्वकपको समूह चरणमा यति फराकिलो हार हो।

आइसल्यान्डविरुद्धको पहिलो खेलमा पेनाल्टी समेत गुमाएका मेसीले बिहिबार पनि खेल देखाउन सकेनन्। लगभग यो खेलमा पनि ‘फ्लप’ साबित भएका उनले गोल गर्ने केही मौका पाए पनि सदुपयोग गर्न सकेनन्।

दोस्रो हाफमा ३ जना स्ट्राइकर मेसी, हिगुइन र पाउलो ड्बालालाई एक साथ उतार्दा पनि अर्जेन्टिनाले क्रोएसियाको डिफेन्स चिर्न सकेन।

५९ प्रतिशत बल पोजिसन बनाएको अर्जेन्टिनाले क्रोएसियाको आक्रमणलाई रोक्न सकेन। विशेषगरी लुका मोर्डिच, इभान राकिटिक र मारियो मान्जुकिजले अर्जेन्टिनाको पोस्टमा १५ पटक प्रहार गरे। जसमध्ये अन टार्गेटमा ५ र अफटार्गेटमा ६ थिए। ४ वटा प्रहार किपरले रोकेका थिए।

यता क्लब फुटबलमा चम्किएका मेसी, हिगुवाइन, ड्बाला र अग्वेरोले गतिलो पोस्ट चार्ज गर्न सकेनन्। मात्र १० पटक पोष्टमा प्रहार गरेको बलमध्ये ४ वटा किपरले रोके भने अन टार्गेटमा ३ वटा प्रहार थिए।

८१ प्रतिशत सही पास गरेको अर्जेन्टिनालाई पराजयपछि अघिल्लो चरणको यात्रा पनि कठिन बनेको छ।

यसअघि सन् २०१४ को विश्वविजेता जर्मनी आफ्नो समूह चरणको पहिलो खेलमै मेक्सिकोसँग पराजित भएको थियो । त्यही विश्वकपको उपविजेता अर्जेन्टिना आफ्नो समूहको दोस्रो खेलमा लज्जास्पद हार भोग्न बाध्य भयो ।

जितपछि क्रोयसिया एक खेल अगावै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ। दुई खेलबाट ६ अंक जोड्दै क्रोएसिया तालिकाको शीर्ष स्थानमा छ।

अर्जेन्टिना एक अंक सहित तेस्रो स्थानमा छ । अर्जेन्टिना भन्दा एक खेल कम खेलेको आईसल्याण्ड दोस्रो र अंक विहिन नाईजेरिया तालिकाको पुछारमा छ। अब यदि अर्जेन्टिना दोस्रो चरणमा पुग्नका लागि आज हुने नाइजेरिया र आयसल्याण्डको खेल बराबरी या नाइजेरियाले जित्ने र अर्को खेलमा अर्जेन्टिनाले नाइजेरियालाई फराकिलो अन्तरले हराउने पर्नेछ। यति मात्र होइन आइसल्याण्डले क्रोएसियासँग पनि बराबरी या हार्नुपर्नेछ। जुन अर्जेन्टिनाका लागि ‘असम्भव’ देखिन्छ।