मेस्सी र उनको छोराले बेन्चमै बसेर हेरे बार्सिलोनाको सानदार जीत - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

मेस्सी र उनको छोराले बेन्चमै बसेर हेरे बार्सिलोनाको सानदार जीत



काठमाडौं । स्पेनिश लिग च्याम्पियन बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा मुख्य खेलाडी लियोनल मेस्सी बिना पनि प्रभावशाली जित हासिल गरेको छ ।

मेस्सी घाइते भइ कम्तीमा ३ हप्ता खेल्न नसक्ने भएको अवस्थामा बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणमा इटालियन क्लव इन्टर मिलानलाई हराएको हो ।

बुधबार राति भएको खेलमा बार्सिलोना २–० ले विजयी भयो । घरेलु मैदानमा भएको खेलमा समूह बी मा रहेको बार्सिलोनालाई जिताउन राफिन्हा र जोर्डी अल्बाले गोल गरे ।

इन्टर मिलानका गोलरक्षक सामिर हान्डानोविकले नौवटा प्रहारको सुन्दर बचाउ गरेका थिए ।

मेस्सी भने छोरासँगै बेन्चमा बसेर खेल हेरेका थिए ।

समूह बी अन्तर्गत राति नै भएको खेलमा टोटनह्याम हट्सपर र पिएसभी आइन्डहोभनले २–२ को बराबरी खेले ।

यो खेलपछि लगातार तेस्रो जित निकालेको बार्सिलोना ९ अंकसहित समूहको शीर्ष स्थानमा छ । इन्टरको ६ तथा टोटनह्याम र पिएसभीको १–१ अंक छ ।