मेस्सी आफै सबैथोक होइनन - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

मेस्सी आफै सबैथोक होइनन



लियोनल मेसीले बार्सिलोनाको जस्तो खेल अर्जेन्टिनाका लागि खेल्न सकेका छैनन् । तर, अर्जेन्टिनी टोलीमा धेरै राम्रा खेलाडी भए पनि मेसीजस्ता प्रतिभाशाली खेलाडी छैनन् । अर्जेन्टिना र बार्सिलोनाबाट खेल्दा मेसीको खेल्ने शैली फरक छ । मेसीले अर्जेन्टिनालाई धेरैपटक पराजय हुनबाट बचाएका छन् ।

जब अर्जेन्टिना पराजयको नजिक हुन्छ, तब सबैले मेसीलाई नै सम्झन्छन् । यसले अर्जेन्टिनासँगै मेसीमाथि पनि दबाब थप्ने काम गर्छ । जब म उनको खेल्ने शैली र गुणका बारेमा सम्झन्छु, मलाई लाग्छ मेसी एक्लैले सबै कुरा गर्न सक्दैनन् । मेसी अरू खेलाडी जसरी फुटबल कहिल्यै खेल्दैनन् ।

मेसीको खेल्ने शैलीले मैदानमा उनको आवश्यकता देखाउँछ र उनी आफूलाई प्रमाणित पनि गर्छन् । उनी हरेक गोलपछि अर्को लक्ष्य निर्धारण गर्छन् र त्यो लक्ष्य प्राप्तिमा लागि पर्छन् । अर्थात् उनी कहिल्यै पनि हार्न चाहँदैनन्, हरेक खेलमा जित हासिल गर्न चाहन्छन् । जितप्रतिको भोकले नै मेसीले धेरै कुरा हात पारेका पनि छन् ।
–सामुएल उम्टिटी, फ्रान्सका खेलाडी