अभिनेत्री ऋचाले भनिन् 'मेरो स्वास्थ्य सामान्य छ ' - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

अभिनेत्री ऋचाले भनिन् ‘मेरो स्वास्थ्य सामान्य छ ‘



काठमाडौं : अभिनेत्री ऋचा शर्मालाई छातीमा समस्या देखिएपछि अस्पतालमा भर्ना भएकी छन्। उनी बिहीबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी हुन्। उनलाई अपत्कालीन कक्षमा राखेर उपचार भइरहेको बताइएको छ। उनलाई प्रेसर र रुघाखोकीलगायतका समस्या देखिएको उपचारमा संलग्न चिकित्सक बताएका छन्। यसअघि उनलाई हृदय घात भएको भन्ने समाचार आएको थियो।

ऋचाले उक्त समाचारलाई खण्डन गर्दै सामाजिक सञ्जालमार्फत् आफ्नो स्वास्थ्य सामान्य रहेको बताएकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो स्वास्थ्यप्रति चासो राख्ने सबैलाई धन्यवाद दिँदै छातीमा समस्या देखिएको र सबै रिपोर्ट सामान्य रहेको बताएकी छन्। उनले लेखेकी छन्, ‘अहिले म सामान्य छु । सामान्य छाती मात्र दुखेको हो ।

मेरो चिन्ता लिनुहुने सम्पूर्णलाई धन्यवाद । अरु जानकारी दिँदै गर्नेछु ।’ अहिले उनका शुभचिन्तकहरूले सामाजिक सञ्जालबाट स्वास्थ्य लाभको कामना गरिरहेका छन्।