मेरो मन्त्रालयमा कोही नेतागिरी गर्न नआए हुन्छ :मन्त्री यादव - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मेरो मन्त्रालयमा कोही नेतागिरी गर्न नआए हुन्छ :मन्त्री यादव



काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आफ्नो मन्त्रालयमा नेतागिरी गर्नेलाई छूट नभएको बताएका छन् ।

उनले घुस खाने ठाउँमा पदस्थापन हुन नपाएपछि कर्मचारीले पदस्थापनमा आर्थिक चलखेलको आरोप लगाएको उनले दाबी गरे ।

बुधवार दिउँसो भएको घटनाको सम्बन्धमा  प्रतिक्रिया दिँदै मन्त्री यादवले बुधवार आफ्नो मन्त्रालयमा केही राजनीति गर्ने कर्मचारी आएर बबाल मच्चाउन थालेपछि आफूले हप्काएर पठाएको बताएका हुन् ।

यस्तो छ मन्त्री यादवको प्रक्रिया :

उद्योग विभाग जान पाउनुपर्ने माग राख्दै बाहिरबाट आएका कर्मचारीहरू कसको के मिलेन त्यसबारेमा बुझ्न निजी सचिवालयमा आएका रहेछन् । मन्त्रालय र कर्मचारीले घुस खाएको आरोप लगाए ।
त्यसपछि मैले कार्यकक्षबाट बाहिर निस्केर घुस खाएको भए प्रमाण ल्याउनुस् तर हल्ला नगर्नुस्, यहाँ आएर हल्ला गर्ने होइन भने ।

कसैले बदमासी गरेको छ भने निवेदन दिनुस्, प्रमाण ल्याउनुस्, मन्त्रालयमा आएर बबाल मच्चाउने होइन । कतिपयले आफूले खान नपाएर घुस खाएको आरोप लगाउँछन् । घुस बन्द भयो भनेर त भन्दिनँ तर जो चोर उसैको ठूलो श्वर भएको छ । घुस खाएको आरोप लगाउनेले प्रमाण देखाउन सक्दैन तर बबाल मच्चाए । कसैले माग गर्दैमा पदस्थापनाको विषयमा पुनर्विचार हुन सक्दैन ।

अन्तिममा तपाईंमार्फत भन्छु – कर्मचारीको हकहितको लागि राजनीति गर्नुस् तर हाम्रो मन्त्रालयमा कोही नेतागिरी गर्न नआए हुन्छ । काममा बाधा हाल्ने किसिमले नेतागिरी गर्न पाइँदैन, चाहे हामीसँग विचार मिल्ने कर्मचारी नै किन नहुन् ।लोकान्तर डटकमबाट