मेरा बिरुद्ध लेखेका समाचार झुट हुन् : लक्की शेर्पा - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

मेरा बिरुद्ध लेखेका समाचार झुट हुन् : लक्की शेर्पा



काठमाडौं– अष्ट्रेलियाका लागि नेपालका राजदूत लक्की शेर्पाले गलत समाचारहरू नफैलाउन विभिन्न सञ्चारमाध्यमलाई आग्रह गरेकी छन्।

राजदूत शेर्पाले आफ्नो चरित्र हत्या गर्ने गरी निराधार समाचार प्रकाशन गरेको भन्दै दु:ख व्यक्त गरिन्।

शेर्पा तत्कालीन नेकपा (माओवादी केन्द्र)को कोटाबाट राजदूत नियुक्ति भएकी थिइन्।

आफ्नै सवारी चालक वाङ्छु शेर्पाद्वारा मानव बेचबिखनमा संलग्न रहेको आरोप खेपेकी शेर्पाले सञ्चारमाध्यमले आफ्ना बिरुद्धलेखेका समाचार झुट भएको भन्दै खण्डन गरिन्।