मेलमिलापले न्यायिक अधिकार सुनिश्चित हुँन्छ : आचार्य

आचार्य प्रदीप
बुटवल।
न्यायिक अधिकार सुनिश्चित गर्नको लागी मेलमिलाप नै उत्कृष्ट माध्यम भएको प्रदेश नम्बर ५ का कानुन आयोगका अध्यक्ष डा कुमार आचार्यले बताएका छन् । उनले मेलमिलापले दुवै पक्षको जित हुने बताउँदै यसले विवादको दिगो समाधान हुने बताए ।
एके एड, सर्च फर कमन ग्राउण्ड, कानुन अन्वेषण् तथा स्रोत विकास केन्द्र (सेलर्ड) रुपन्देही र सिद्वार्थनगर नगरपालिकाको संयुक्त आयोजनामा भैरहवामा भएको कार्यक्रममा बोल्दै आयोग अध्यक्ष आचार्यले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दैै उनले संविधानमा पनि सबै क्षेत्र र तहका सबै समस्याहरू मेलमिलापबाट समाधान गर्नुपर्नेमा जोड दिए ।
स्थानीय तहले पनि न्यायको क्षेत्रमा पहुँच पु¥याउन पहुँच परियोजना अन्तरगत भएको कार्यक्रममा सहजकर्ताको भूमिकामा रहेर बोल्दै उनले २ अधिकार दिएको बताउँदै पहिलो स्थानीय तहले फैसला गर्ने र दोस्रो मेलमिलापबाट फैसला गर्ने अधिकार दिएको बताए ।
उनले स्थानीय सरकार सञ्चालनको ऐन तथा उद्देश्य नै मेलमिलापबाट नै समाधान गर्ने रहेको बताए ।
कार्यक्रममा बोल्दै नगरप्रमुख हरि प्रसाद अधिकारीले जनताका कुराहरूलाई बुझेर मेलमिलापबाट कार्य गर्नुपर्नेमा जोड दिएका थिए ।
सिद्वार्थनगर नगरपालिका उप प्रमुख उमा काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका वडा अध्यक्षहरू तथा अधिवक्ताहरुले आफुहरुकोमा आएका गुनासोको राखेको कार्यक्रमको सञ्चालन सेलर्ड रुपन्देहीकि अधिवक्त हेमा न्यौपानलेले गरेकी थिइन् ।
सेलर्ड्की कोडिनेटर राधा भट्टराईले अहिले सम्म सेलर्डले गर्दै आएको गतिबिधीको बारेमा प्रकाश पारेकी थिईन ।

