मेलम्चीको पानी यसैवर्ष काठमाडौं ल्याउने देउवाको घोषणा - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

मेलम्चीको पानी यसैवर्ष काठमाडौं ल्याउने देउवाको घोषणा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्चीको पानी यसैवर्ष काठमाडौं आउने बताएका छन् ।

आज देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मेलम्चीको पानी यसै वर्ष ल्याउनका लागि कार्ययोजना अघि बढिरहेको जानकारी दिएका हुन् ।

मेलम्ची खोलामा बाढी आएदेखि अलपत्र परेको मेलम्ची खानेपानी आयोजना अहिलेसम्म सम्पन्न हुन सकेको छैन ।

सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले कोभिड–१९ सङ्क्रमणको रोकथाम र नियन्त्रणमा सरकारले गरेका कामका बारेमा जानकारी गराउँदै यस कार्यमा सबैको सहयोग गर्न आग्रहसमेत गरेका छन् ।

प्रधानमन्त्री देउवाले विपद्मा परेका जनताको उद्धारमा गरिएको प्रयास र उच्च प्राथमिकताका साथ राहत र क्षतिपुर्ति प्रदान गरिएको उल्लेख गर्दै बेमौसमी वर्षाका कारण कृषिमा भएको क्षतिको क्षतिपूर्ति प्रदान गर्ने कार्य अघि बढेको र कृषकलाई मल एवम् बीउको कमी हुन नदिन हरसम्भव प्रयत्न गरिएको बताए ।