मेलम्ची बाढी अपडेट: ६० जनाभन्दा बढी बेपत्ता, १० पुल बगायो, बाँध पनि ध्वस्त - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

मेलम्ची बाढी अपडेट: ६० जनाभन्दा बढी बेपत्ता, १० पुल बगायो, बाँध पनि ध्वस्त



काठमाडौं । सिन्धुपाल्चोकको पश्चिमउत्तर क्षेत्र मेलम्चीमा हिंजो रातिदेखी भीषण आउँदा ठुलो जनधनको क्षति पुराएको छ । बाढीका कारण उत्तरी सिन्धुपाल्चोका मेलम्ची तटीय बजारहरू बगरमा परिणत भएको छ ।

बाढीका कारण ६० जनाभन्दा बढी बेपत्ता भएको अनुमान गरिएको छ। नदी तटीय क्षेत्रमा भएका रिसोर्टहरू र दर्जनभन्दा बढी माछा फर्म बगाएको बताइएको छ । मेलम्ची खानेपानीको तिम्बुमा रहेको बाँध ध्वस्त बनाएको छन् ।

बाढीले नाकोते, तिम्बु, फट्टे, मेलम्ची नवलपुर जोड्ने पुल बगाएको छ । बाहुनेपाटीमा बन्दै गरेको मध्यपहाडी लोकमार्गको पुलसमेत बगाएको छ । दोलालघाटसम्मका सम्पूर्ण पक्की पुल बगाएको छ । बाढीले १० पक्की पुल बगाएको बताइएको छ ।

तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार बगरमा परिणत भएको छ । चनौटे, ग्याल्थुम सेरालगायत मेलम्ची तटीय क्षेत्र र इन्द्रावती तटीय क्षेत्रमा व्यापक क्षती पुगेको स्थानीयले बताएका छन् । बाढीले मेलम्ची खानेपानी आयोजनाको ड्याम र नेशनल हाइड्रोपावरको ड्याम पूर्ण रुपमा क्षतिग्रस्त भएको छ।

बाढीका कारण मेलम्ची खोलामा रहेको चोक्पु तथा फट्टेको पक्की पुल बगाएको छ। त्यसैगरी जिल्लाको उत्तरी भाग तिपेनी बजार तथा पाँचपोखरी जोड्ने पक्की ता झोलङ्गे पुलसमेत बगाएको छ।

वर्षासँगै विद्युत् अवरुद्ध भएकाले स्थानीयहरू सम्पर्कबाट पनि बन्चित भएका छन् । अहिले उद्धार र राहतका लागि प्रमुख जिल्ला अधिकारीसहितको टोली अवलोकनमा जाँदै गरेको खबर प्राप्त भएको छ । स्थलगत अवलोकनपछि मात्र विस्तृत विवरण आउने बताइएको छ।