मध्यरातमा फेरि मेलम्चीमा बाढीको बितण्डा: स्थानीयको भागाभाग - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

मध्यरातमा फेरि मेलम्चीमा बाढीको बितण्डा: स्थानीयको भागाभाग



काठमाडौँ- भिषण बाढीका कारण थिलथिलो बनेको सिन्धुपाल्चोकको मेलम्चीमा फेरि बाढी आएको छ । शनिबार नाध्यराती मेलम्ची, किउल र हेलम्बुमा भीषण बाढी आएपछि स्थानीयहरूको भागाभाग भएको थियो ।

व्यापक बाढी आएको र रातिको समय भएकाले धनजनको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ । मेलम्चीभन्दा केही माथिको भागमा घर भएको ठाउँसम्म बाढी आएको स्थानीयले बताएका छन् ।

मेलम्ची खोलामा बाढी आएपछि मानिसहरु स्थानीय झोलुंबाट फेसबुकमा लाइभ भिडियो समेत हालेका थिए । मेलम्ची केही माथि रहेको प्रहरी चौकीको भवनसम्मै बाढी पुगेको छ । अचानक बाढी कसरी आयो भन्ने खुलेको छैन ।

मेलम्ची खोलाको छेउमा रहेका केही घरसम्मै बाढी आएको र घर भत्काउने अवस्थामा पुगेको पनि स्थानीयले बताएका छन् । मेलम्ची खोलाले छेउछाउमा कटान गर्दै लगेको थियो ।

मध्यरातमा हेलम्बु, मेलम्ची र किउल क्षेत्रमा पानीको सतह बढेकोले खोला छेउछाउका मानिसहरुलाई सुरक्षित रहन पनि प्रहरी, स्थानीय तहका जनप्रतिनिधिले आग्रह गरेका थिए ।