मेलम्चीमा बाढीले तहसनहस बनायो: घर, रिसोर्ट, पक्की पुलहरू बगे, ४० भन्दा बढी बेपत्ता - Himal Post Himal Post
  • २० फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 4 2025
Logo

मेलम्चीमा बाढीले तहसनहस बनायो: घर, रिसोर्ट, पक्की पुलहरू बगे, ४० भन्दा बढी बेपत्ता



काठमाडौं । सिन्धुपाल्चोकको पश्चिमउत्तर क्षेत्र मेलम्चीमा हिंजो रातिदेखी भीषण आउँदा ठुलो जनधनको क्षति पुराएको छ । बाढीका कारण उत्तरी सिन्धुपाल्चोका मेलम्ची तटीय बजारहरू बगरमा परिणत भएको छ ।

बाढीका कारण ४० जनाभन्दा बढी बेपत्ता भएका छन्। नदी तटीय क्षेत्रमा भएका रिसोर्टहरू र दर्जनभन्दा बढी माछा फर्म बगाएको बताइएको छ । चनौटे, ग्याल्थुम सेरालगायत मेलम्ची तटीय क्षेत्र र इन्द्रावती तटीय क्षेत्रमा व्यापक क्षती पुगेको स्थानीयले बताएका छन् । बाढीले मेलम्ची खानेपानी आयोजनाको ड्याम र नेशनल हाइड्रोपावरको ड्याम पूर्ण रुपमा क्षतिग्रस्त भएको छ।

बाढीका कारण मेलम्ची खोलामा रहेको चोक्पु तथा फट्टेको पक्की पुल बगाएको छ। त्यसैगरी जिल्लाको उत्तरी भाग तिपेनी बजार तथा पाँचपोखरी जोड्ने पक्की ता झोलङ्गे पुलसमेत बगाएको छ।

वर्षासँगै विद्युत् अवरुद्ध भएकाले स्थानीयहरू सम्पर्कबाट पनि बन्चित भएका छन् । अहिले उद्धार र राहतका लागि प्रमुख जिल्ला अधिकारीसहितको टोली अवलोकनमा जाँदै गरेको खबर प्राप्त भएको छ । स्थलगत अवलोकनपछि मात्र विस्तृत विवरण आउने बताइएको छ।

यसैबीच, नदीमा पानीको सतह बढेपछि नदी आसपासका बस्ती र बजारहरु खाली गराइएको छ। मेलम्ची बजारसहित मेलम्ची (इन्द्रावती) नदी किनारका बाहुनेपाटी, सिपाघाटमा बस्ती खाली गराउन थालिएको हो।

इन्द्रावती र मेलम्ची नदीमा आएको भीषण बाढीका कारण मेलम्चीको तल्लो बजार क्षेत्र पूर्णरूपमा नष्ट भएको स्थानीयले बताएका छन् । मेलम्ची नवलपुर जोड्ने पक्की पुल समेत इन्द्रावती नदीले बगाएको स्थानीयबासीले बताएका छन् ।