मिल्ला त मेलम्चीको विवाद ? - Himal Post Himal Post
  • ११ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 27 2024
Logo

मिल्ला त मेलम्चीको विवाद ?



काठमाडौं – मेलम्ची खानेपानी आयोजनाका ठेकेदारले एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेपछि शुक्रबारबाट उक्त विषयमा छलफल सुरु गरिएको छ ।

ठेकेदार कम्पनी इटालियन कोअपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सिएमसी) ले भूकम्प, नाकाबन्दीलगायत विविध कारणले काम गर्न नपाएको भन्दै क्षतिपूर्ति दाबी गरेको हो ।

ठेकेदारको दाबीअनुसार क्षतिपूर्ति भुक्तानी गर्ने कि नगर्ने भनेर छलफल सुरु गरिएको आयोजनाले जनायो ।

आयोजक र ठेकेदारबीच विवाद टुंग्याउन गठित विवाद निरुपण समिति (डिएबी) मार्फत छलफल प्रक्रिया सुरु भएको समाचार आजको नागरिकमा छ ।