बन्द भयो मेलम्ची: अब कहिले कहिले आउँछ काठमाडौंमा पानी ? यस्तो छ तालिका - Himal Post Himal Post
  • २४ मंसिर २०८१, सोमबार
  •      Mon Dec 9 2024
Logo

बन्द भयो मेलम्ची: अब कहिले कहिले आउँछ काठमाडौंमा पानी ? यस्तो छ तालिका



काठमाडौं– उपत्यका खानेपानी लिमिटेडले उपत्यकामा खानेपानी वितरणको कार्य तालिकामा फेरबदल गरेको छ ।

मेलम्ची खानेपानी आयोजनाको मर्मत सम्भार गर्नुपर्ने भएकाले दैनिक वितरण गर्दै आएको १७ करोड लिटर पानी उपलब्ध नहुने भएपछि लिमिटेडल खानेपानी वितरणको तालिकामा फेरबदल गरेको हो ।

मेलम्ची आयोजनाका मर्मत सम्हारको लागि २ महिना लाग्ने अनुमान गरिएको छ । मेलम्चीको मर्मत नसकिएसम्मको लागि बदलिएको खानेपानीको तालिका लागू हुने लिमिटेडले जनाएको छ ।

नयाँ तालिका अनुसार थोरैमा २ दिनमा एकपटक र बढीमा १२ दिन बिराएर पानी वितरण गरिने छ । सोमबार केयूकेएलले जारी गरेको विज्ञप्ति अनुसार महांकाल, मीनभवन, ठिमी स्टेसनबाट वितरण हुने पानी ७ दिन बिराएर वितरण हुनेछ ।

यसैगरी सैबु ललितपुरबाट वितरण हुने पानी सानेपा, मंगलबजार र कुपण्डोलमा १२ बिराएर आउने छ । बालाजु स्टेसनबाट वितरण हुने पानी ९ दिन बिराएर आउनेछ ।

सबैभन्दा कम कीर्तिपुरबाट वितरण हुने पानी भने २ दिन बिराएर दिइने केयुकेएलले सूचना तालिकामा उल्लेख गरिएको छ। पानीको उपलब्धता अनुसार तालिकामा परिमार्जन हुनेसमेत खानेपानी लिमिटेडले जनाएको छ ।