एउटा सुन्दर मेलम्ची बजार केहि समयमै बगर बनेपछि...(फोटो फिचर) - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

एउटा सुन्दर मेलम्ची बजार केहि समयमै बगर बनेपछि…(फोटो फिचर)



काठमाडौं- मंगलबारदेखि अविरल परेको वर्षाले केहीबेरमै मेलम्ची बजार ध्वस्त बनेको छ । मेलम्ची र ईन्द्रावती नदीमा आएको भीषण बाढीले मेलम्ची बजार नै बगरमा अरिनत भएको छ ।

बाढीबाट ठुलो क्षतिको अनुमान गरिएको छ । बाढीका कारण विद्युत आपुर्ती बन्द भएको छ भने सम्पर्क विच्छेद बनेको छ । बाढीले मेलम्ची खानेपानीको ड्याममा समेत ठुलो क्षति गरेको छ।

तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्षतविक्षत बनाएको छ। नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल पनि बगाएको बताइएको छ।

बाढीले दर्जनौं व्यक्ति बेपत्ता भएको स्थानीय प्रशासनको भनाइ छ। नदी किनारका संरचना ध्वस्त भएका छन्। नदीमा पानीको बहाव झन् बढिरहेको छ। बाढीले मेलम्ची बजारका सय वर्षयताका सबै संरचना बगाएको छ।