काठमाडौं आइपुग्यो मेलम्चीको पानी
काठमाडौं उपत्यकावासीलाई मेलम्चीको पानी पुन: वितरण सुरु गरिएको छ । आइतबार खानेपानीमन्त्री उमाकान्त चौधरीले बानेश्वर मीनभवनस्थित वितरण केन्द्रको चाबी खोलेर उपभोक्ताको धारामा पानी पठाइ पुन: वितरण सुरु गरिएको हो ।
१ असार २०७८ काे बाढीले आयाेजनाकाे मुहानमा क्षति गरेपछि १० महिनासम्म मेलम्चीकाे पानी आउन बन्द भएकाे थियाे ।
गतवर्ष आयोजना सञ्चालन भएको केही समयमै बाढीले क्षति पुर्याएको थियो । खानेपानी मन्त्रालयले आयोजनाको सफाइ र मर्मतको काम सम्पन्न गरी गत चैत २९ गते काठमाडौंतर्फ पानी पुनः पथान्तरण गरेको थियो ।
त्यसको एक हप्तापछि पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुगेको थियो । प्रशोधन केन्द्रमा भण्डारण गरी वितरण केन्द्रमार्फत उपत्यकाका घर–घरमा वितरण गर्न लागिएको हो ।