दसैं अघि नै आउने भयो, मेलम्चीको खानेपानी - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

दसैं अघि नै आउने भयो, मेलम्चीको खानेपानी



मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मेवारी लिने इटालियन कम्पनी, सीएमसी दसैंभन्दा अघि नै मेलम्चीको पानी काठमाडौं ल्याउन सहमत भएको छ।

खानेपानी तथा सरसफाई मन्त्री विना मगरका अनुसार नाकाबन्दी र भूकम्पबाट भएको क्षति भएपछि क्षति भएको सामान उपलब्ध गराउन माग गर्दै निर्माण कार्य ठप्प पारेको ठेकेदार कम्पनी सीएमसी र सरकारबीच शुक्रबार दसैंअघि नै काठमाडौंमा पानी ल्याउने कुरामा समझदारी गरिएको हो।

मन्त्रालयको निरन्तरको प्रयासपछि मेलम्चीको खानेपानी दसैंअघि नै काठमाडौंमा ल्याउन ठेकेदार कम्पनी सहमत भएको कम्पनीसँग भएको सहमतिबारे जानकारी दिन सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । सोही पत्रकार सम्मेलनमा उनले निर्माण कम्पनीले दसैंअघि नै काठमाडौंमा पानी आउने गरी आगामी सेप्टेम्बर ३० अर्थात् असोज १४ गते भित्र मेलम्चीको पानी सुन्दरीजलमा पठाउने सहमति गरिएको पनि स्पष्ट पारिकी थिएन् ।

सहमति अनुसार कम्पनीको म्याद २ सय १२ दिन थप गरिएको छ । थपिएको म्यादभित्र पनि मेलम्चीको पानी काठमाडौं ल्याउने काम नभए निर्माणको जिम्मेवारी पाएको सिएमसी कम्पनीमाथि कडा कारबाही गर्ने चेतावनी मन्त्री मगरले समेत दिइन्। बहुप्रतिक्षीत मेलम्चीको खानेपानीलाई तमासाको विषय बनाउन खोजिएको उल्लेख गर्दै उनले त्यसो हुन नदिने दृढता पनि व्यक्त गरिन् । निश्चित समयभित्र मेलम्ची खानेपानी काठमाडौं नआए सम्बन्धित निकायमाथि कडा कदम चाल्न बाध्य हुने कुरा उनले बताएकी छिन् ।