मेगा बैंकका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

मेगा बैंकका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं- मेगा बैंकका कर्मचारीलाई कोरोना संक्रमण भएको छ । कर्मचारी नै कोरोना संक्रमित भएपछि बैंकले धादिङबेसीमा रहेको शाखा बन्द गरेको छ । बैंकले सबै सेवा तत्कालका लागि बन्द गरेको जनाएको छ ।

बैंकमा कार्यरत एक कर्मचारीमा पीसीआर रिपोर्ट पोजेटिभ आएपछि बुधबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि बैंकले सम्पूर्ण सेवा बन्द गरेको हो। सदरमुकाम धादिङबेशीमा मेगा बैंकको दुईवटा शाखामा २२ जना कर्मचारी कार्यरत छन्। केही दिन अघिमात्रै मेगा बैंकमा गाभिएको गण्डकी विकास बैंकको शाखा पनि सञ्चालनमै रहेको छ।

आँखामा समस्या देखिएपछि शल्यक्रिया गर्न अस्पतालले पीसीआर रिपोर्ट मागेपछि बैंकका ति कर्मचारीलाई नीलकण्ठ नगरपालिकाबाट स्वाब परिक्षण गर्न साउन ११ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो।

बुधवार सार्वजनिक भएको पीसीआर पोजेटिभ हुनेहरु धादिङको सिद्धलेक ४ का एक जना, नीलकण्ठ १२ का बैंक कर्मचारीसहित दुई जना, नीलकण्ठ ४ का तीन जना र खनियावास २ का १ जना रहेका छन्।

सिद्धलेकका र नीलकण्ठ १२ एक जना होम क्वारेन्टाइनमा बस्दै आएका थिए भने बैंकका कर्मचारी बाहेक अरु सदरमुकामको क्वारेन्टाइनमा नै बस्दै आएको नीलकण्ठ नगरपालिकाले जनाएको छ ।

बैंकका कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि कोरोना भाइरस समुदायस्तरमा प्रवेश गरिसकेको हो कि भन्ने त्रास समुदायमा परेको छ।