प्रचण्डले गरे माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

प्रचण्डले गरे माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित



नेकपा (माओवादी केन्द्र)को आइतबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । एमसीसी र पदाधिकारी चयनलगायतका विषयमा विवाद चुलिएपछि बैठक स्थगित भएको हो ।

माओवादी केन्द्रका एक नेताका अनुसार सोमबारका लागि बैठक बोलाउने गरि तयारी भइरहेको छ । उनका अनुसार आज शीर्ष नेताहरुबीच विवादका विषयमा छलफल हुनेछ ।

यसअघि शीर्ष नेताहरुबीच छलफल गर्ने भन्दै शुक्रबार बसेको बैठक आइतबारका लागि सारिएको थियो । तर, आइतबार बिहान ११ बजे बैठक बोलाइएको भएपनि विवादका विषयमा सहमति हुन नसकेपछि बैठक दिउँसो २ बजेका लागि सारिएको थियो ।

माओवादी केन्द्रभित्र मुख्यतः एमसीसी र पदाधिकारी चयनको विषयमा विवाद छ । एमसीसीको विषयले पदाधिकारीको विषय थप जटिल बनाएको बुझिएको छ ।